Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीकालिका विकास समाजको साधारण सभा

कालिका विकास समाजको साधारण सभा

कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरमा रहेका कालिका विकास समाजको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमका विच कालिका विकास समाजको १८औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा कालिका विकास समाजका सदस्य नर बहादुर धामीले सचिव सोबिलाल बोहरका तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैजनाथ माध्यामिक विद्यालयमा अध्ययनरत छात्र अन्र्तराष्ट्रय चित्रकलामा प्रथम भएकी मनिषा गुरुधामीलाई नगद १५ सय सहित पुरस्कार एव सम्मान गरेको थियो । संस्थालाई भवन निर्माण गर्ने सहयोग गर्ने आवश्यक आर्थिक सहयोग गर्ने १८जना सहयोगीहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रससा पत्रकार साथै सम्मान गरिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिमको लोक साँस्कृतिक कार्यक्रम गरिएको थियो । कालिका विकास समाजका अध्यक्ष मानसिह बोहराको अध्यक्षतामा भएको कार्यक्रममा भीमदत्त नगरपालिका ३का वडाध्यक्ष राम बहादुर जप्रेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको संचालन सह सचिव हर्क बहादुर धामीे गरेका थिए, भने कार्यक्रममा स्वागत मन्तव्य सदस्य जय बहादुर महताले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार