Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीनेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको नेतृत्व चन्दको काँधमा

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको नेतृत्व चन्दको काँधमा

कञ्चनपुर,
नेपाल निजामती कर्मचारी सं्रगठन कञ्चनपुरको अध्यक्षमा मान बहादुर चन्द चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको भेलाले चन्दको अध्यक्षमा नयाँ कार्य चयन गरेको हो । एमाले निकट निजामती कर्मचारी संगठन कञ्चनपुरको नयाँ नेतृत्व सहित कार्य समिति सहमतीय आधारमा चयन गरिएको जनाएको छ । उपाध्यक्ष दिनेश राज भट्ट, माधव साउद, सचिव महेश्वरी विष्ट, सह सचिव देवराम कोली, कोषाध्यक्ष सन्तोष जोशी चयन भएका छन । भने सदस्य तर्फ तिलक प्रशाद जोशी, राम ब.राना, कृतिका कुमारी भट्ट, सरिता चौधरी, नरेन्द्र चन्द, टेकराज जोशी, हरिस बडाल, करन सिह बोहरा, सपना थापा, लोकराज पन्त, दिपेन्द्र कुमार ओड, महादेव भट्ट, जय बहादुर कुँवर रहेका छन । अध्यक्षमा चयन भएका चन्दले दशकदेखि संगठनमा आबद्ध छन । ०६८सालदेखि नेपाल निजामति कर्मचारी संगठनबाट सगठित भएका थिए । नेपाल स्वास्थ्य प्राविधिक संघको जिल्ला अध्यक्ष अध्यक्ष सहितका जिम्मेबारी निर्वाह गरिसकेका चन्दले यस पटक निजामती कर्मचारी संगठन जिल्लाकै नेतृत्व सम्हालिरहेका छन । अध्यक्ष चन्दले सम्पूर्ण निजामती कर्मचारीको हकहितका लागि चुस्त दुरुस्त प्रशासकीय सेवा प्रवाहका साथै नागरिकलाई सरकारी सेवा दिलाउनेमा प्रतिबद्धता जोहर गरेका छन । चन्द निजामती कर्मचारी संगठनको अध्यक्षमा जिम्मेबारी पाएसंगै उनका सहकर्मी साथिभाई एव आफन्त सहितले बधाई एव शुभकामना दिईरहेका छन ।

ताजा समाचार