Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी र बेलौरीमा एमाले निकट अखिल नेपाल महिला संघ पालिका स्तरीय कमिटी...

बेलडाँडी र बेलौरीमा एमाले निकट अखिल नेपाल महिला संघ पालिका स्तरीय कमिटी चयन

बेलडाँडी,
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बेलौरी र बेलडाँडी पालिका स्तरीय नयाँ कमिटी चयन भएको छ ।
बेलौरी र बेलडाँडीको प्रथम ऐतिहांसिक सम्मेलनबाट बेलौरी नरगर कमिटी अध्यक्षमा चित्रकला चापागांई, उपाध्यक्ष विजयालक्ष्मी श्रेष्ठ, सचिव चेतना रिजाल, कोषाध्यक्ष सुजाता चौधरी लगायत २८ सदस्यीय नगर कमिटी चयन गरिएको बेलौरी एमालेले जनाएको छ ।

यस्तै अखिल नेपाल महिला सँघ बेलडाँडी गाउँ कमिटीको अध्यक्षमा विमला भट, उपाध्यक्ष शुसिला रोकाया, सचिव कल्पना ओखेडा, कोषाध्यक्ष कलावती चौधरी लगयात ४५ सदस्यीय नया कमिटी चयन गरिएको नेकपा एमाले जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघ जिल्ला सदस्य लक्ष्मी भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार तारा भुजेलको अध्यक्षतामा शुरुभएको कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य ईश्वरी शर्माको प्रमुख आतिथ्य र अखिल नेपाल महिला संघकी कल्सा महरा बिशिष्ट अतिथि रहनुका साथै प्रदेश कमिटि सदस्य तथा बेलडाँडी गाउँपालिका उपाध्यक्ष कमला कार्की, नेकपा एमाले गाउँकमिटी अध्यक्ष लक्ष्मण भाट, वडा नं.२ का अध्यक्ष प्रेमराज खाती लगायतका नेताहरु आमन्त्रित अतिथी रहेका थिए ।

यी कमिटीहरुले महिलाहरुको पक्षमा काम गर्ने भएकाले बेलौरी र बेलाडाँडीका महिलाहरु उत्साहित देखिएका छन् ।

ताजा समाचार