Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीएमसीसी पारित गरेको भन्दै प्रधानमन्त्री लगायत तीन पार्टीका सीर्ष नेताहरूको शव पुतला...

एमसीसी पारित गरेको भन्दै प्रधानमन्त्री लगायत तीन पार्टीका सीर्ष नेताहरूको शव पुतला जलाइयो

कञ्चनपुर,

एमसीसी सम्झौता विरुद्ध आन्दोलमा होमिएको विप्लव नेतृत्वको युवा संगठनले प्रधानमन्त्री शेर बहादुर देउवा सहित शीर्ष नेताको शव पुतला जलाएको छ ।

युवा संगठन नेपाल कञ्चनपुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधब नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीका विरूद्ध नाराबाजी गर्दै हिजो बेलुका बनाएको शब जलाएका हुन ।

युवा संगठन नेपाल कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले एमसीसी विरुद्ध नाराबाजी गर्दै शव जलाइएको बताए । एमसीसी विरुद्ध संघर्षका कार्यक्रम गर्दै अाएको समुहले २० गते देखि कडा संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरेको ऐरीले बताए ।

ताजा समाचार