Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा बिहानै बन्दकर्ता माथी प्रहरी लाठीचार्ज तीन जना घाइते

कञ्चनपुरमा बिहानै बन्दकर्ता माथी प्रहरी लाठीचार्ज तीन जना घाइते

कञ्चनपुर,
एका बिहानै बन्दको प्रभाव बढाउदै निस्केका बन्दकर्ताहरूमाथी प्रहरीले लाठीचार्ज गर्दा तीन जना घाइते भएका छन् ।
व्याख्यात्मक एमसीसी खारेजीको माग गर्दै नेकपा विप्लव समुह सहित ६ दलले गरेको बन्द प्रभावकारी बनाउन कञ्चनपुरका विभिन्न ठाउँ-ठाउँमा टायर बालेर बिरोध गर्ने क्रममा प्रहरीको टोलीले उनीहरूमाथी लाठी बर्षाएको जनाईएको छ ।

अमेरिकी सहयोग MCC परियोजना देश र जनताको हित विपरीत रहेको भन्दै त्यसलाई खारेज हुनुपर्ने माग राख्दै अाज फागुन १६ गते बन्द घोषणा गरिएको छ । सोही बन्दलाई प्रभावकारी बनाउन आन्दोलन कर्ताहरुले बिहानै राजमार्गमा टायर बालेर बन्दको संकेत जनाएका छन ।

राष्ट्रघाती सम्झौता MCC ठुलो विरोधका बीचबाट देउवा सरकारले संसदबाट पारित गरेको छ । त्यो पारित गरे लगत्तै देशभक्त नेपाली जनता सबैमा आक्रोशको भाव पैदा भएको छ ।

आजको बन्द अरु बेलाको भन्दा आक्रामक हुने संकेत देखिएको छ । यसरी देशैभरि राजमार्गहरू अवरुद्ध गर्न र बन्दको आह्वानलाई प्रभावकारी बनाउन बन्दकर्ताहरुले विभिन्न गतिविधि मार्फत सचेतना गरिरहेका छन ।

 

ताजा समाचार