कञ्चनपुर,
व्याख्यात्मक एमसीसी खारेजीको माग गर्दै नेकपा विप्लव समुहले अाज बिहानै देखि बन्दलाई प्रभावकारी बनाउन कञ्चनपुरको महेन्द्रनगर स्थित पूर्वपश्चिम राजमार्गको संविधान चोक,भासी, मदनचोक लगायत विभिन्न ठाउँ-ठाउँमा टायर बालेर बिरोध गरेका छन् ।

अमेरिकी सहयोग MCC परियोजना देश र जनताको हित विपरीत रहेको भन्दै त्यसलाई खारेज हुनुपर्ने माग राख्दै नेपाल कम्युनिस्ट पार्टी लगायत ६ दल र २ मोर्चाद्वारा अाज फागुन १६ गते बन्द घोषणा गरिएको छ । सोही बन्दलाई प्रभावकारी बनाउन आन्दोलन कर्ताहरुले बिहानै राजमार्गमा टायर बालेर बन्दको संकेत जनाएका छन ।
राष्ट्रघाती सम्झौता MCC ठुलो विरोधका बीचबाट देउवा सरकारले संसदबाट पारित गरेको छ । त्यो पारित गरे लगत्तै देशभक्त नेपाली जनता सबैमा आक्रोशको भाव पैदा भएको छ ।
आजको बन्द अरु बेलाको भन्दा आक्रामक हुने संकेत देखिएको छ । यसरी देशैभरि राजमार्गहरू अवरुद्ध गर्न र बन्दको आह्वानलाई प्रभावकारी बनाउन बन्दकर्ताहरुले विभिन्न गतिविधि मार्फत सचेतना गरिरहेका छन ।
