Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीसडकमा नफाल्दिनुस् भनेर प्रचण्ड-माधवले देउवासँग हारगुहार गरिरहेका छन् : अध्यक्ष ओली

सडकमा नफाल्दिनुस् भनेर प्रचण्ड-माधवले देउवासँग हारगुहार गरिरहेका छन् : अध्यक्ष ओली

काठमाण्डु,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड माधवले गठबन्धन नफुटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हारगुहार गरिरहेको बताएका छन् ।

शनिबार पिपिएलएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले एमसीसीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नै अलमलमा पारेको आरोप लगाएका हुन् ।

‘एमसीसी हामी पास गर्छौ, ओलीलाई जस दिनु हुँदैन भनेर प्रचण्डले नै हारगुहार गरेका हुन् । देउवाले गठबन्धन तोड्ने भनेपछि हिजो कुद्दै गएर प्रचण्ड–माकुनेहरु हामी एमसीसी पास गर्छौं गठबन्धन जोगाइदिनुस् । प्रचण्ड माधवले हामीलाई सडकमा नफाल्दिनुस् प्रभु भनेर देउवासमक्ष हारगुहार गरिरहेका छन् ।’ ओलीले एमसीसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको समेत दावी गरे ।

त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धन भत्काउने शर्तमा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने बताएका छन् । हालको पाँच दलीय गठबन्धन भत्किए पनि एमाले सरकारमा भने सामेल नहुने उनले दावी गरे ।

‘मुलुक र जनताको लागि दुषित गठबन्धन भत्काउनुपर्छ भन्नेमा एमाले एकदम प्रष्ट छ । तर या भत्किएर हामी सरकारमा जाँदैनौं । हामीले प्रधानमन्त्रीलाई प्रष्टसँग भनेका छौं, हामी सरकारमा जादैनौ । निर्वाचनसम्म सवरकार चलाउनुस् ।’ उनले भने ।

एमसीसी पास गर्नको लागि अमेरिकाले दिएको समय अब दुई दिन मात्र बाँकी छ । प्रधानमन्त्री देउवा जसरी भए पनि एमसीसी पास गर्ने रणनीतिमा लागेका छन् ।

ताजा समाचार