बेलडाँडी,

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै बेलडाँडीमा बिरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जनमोर्चा पार्टी, नेकपा (विप्लव) र नेकपा क्रान्तिकारी माअोवादीपाटीले सनिवार बेलडाँडी र चवन्नी वजारमा प्रदर्शन गर्दै बिरोध सभा अायोजना गरेको जनमोर्चाका जिल्ला सचिव अभिमान थापाले जानकारी गराउनु भयो ।
बजारमा प्रदर्शनसहित खबरदारीसभा गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन’ लगायतका नारा लगाउदै प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा पार्टीका जिल्ला अध्यक्ष राम बहादुर कार्कीले एमसीसी आर्थिक सहयोग मात्र नभई सैन्य रणनीतिअन्तर्गत नेपाललाई तहसनहस पार्ने चाल खेलिन लागेको बताए ।
यस्तै नेकपा विप्लवका केन्द्रीय सदस्य राम बहादुर चाैधरीले भने नेपालका दलालहरूले राष्ट्रिय स्वाधीनता प्रति खेलबाड गर्न कसैलाई अधिकार नभएको भन्दै एमसीसी लागू भए यो राष्ट्रले ठूलो क्षति बेहोर्नु पर्ने भन्दै खारेज गर्नमा सबै राष्ट्र प्रेमीहरूले लाग्नु पर्ने बताए ।
तीनै पार्टीका नेता कार्यकर्ताहरूले एमसीसी खारेजीको बिषयमा बोल्दै एमसीसी सम्झौता पारित भएपछि नेपाली जनता र दलहरु विभाजित भई फेरि अस्थिरता सुरु हुने भन्दै पारित गर्न नहुने धारणा राखे ।
