Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीहरिहर घाटमा प्रथम पटक महा—शिवरात्री मेला हुने

हरिहर घाटमा प्रथम पटक महा—शिवरात्री मेला हुने

डिललीराज पन्त/कञ्चनपुर,
आउदै गरेको महा शिवरात्री मेला बैजनाथ शिद्धनाथ मन्दिर मा शिवरात्रि मेला हुने भएको छ । कञ्चनपुरको भिमदत्तनगर पालिका १२ मा अवस्थित हरिहर स्नान घाट तथा भाईरल रोड संगै रहेको बैजनाथ शिद्धनाथ मन्दिरमा मेला हुने भएको हो ।
यसै बैजनाथ शिद्धनाथ मन्दिर नजिक महाकाली नदि किनारमा गत माघ महिनामा हुने भनिएको माघि मेला कोभिडका कारण स्थगित गरएिको भएपनी हाल कोभिड संक्रमणम मा कमि हुदै गएपछि स्वास्थय मापदण्ड अनुरुप मेला तथा भजन किर्तनका साथै शिवपुजन गर्न पहिलोपटक मेलाको आयोजन गर्न लागीएको मन्दिर समितिले जनाएको छ ।
फागुन १७ गते महानदिमा स्नान गरेपछि शिवजिको पुजा अर्चना गरीने र साथ साथै शिवजिको आरती तथा भजन किर्तको आयोजना गरिने मन्दिर समितिका अध्यक्ष लाल सिंह कठायतले जानकारी दिनुभएको छ ।
यस्तै महाशिवरात्रि मेलामा सहभागिताका लागी सवै हिन्दु धर्मावलम्बी हरुलाई समाज सेवी तथा संस्कृति संरक्षक देवी भारती , हरकेस विष्ट, हिक्मत विष्ट लगायतले आमन्त्रण समेत गर्नु भएको छ ।

ताजा समाचार