बेलडाँडी,
बेलडाँडी गाउँपालिकाको वडा नं.४ मा रहेको बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा समाजसेवी महिला दुर्गा रोकाया निर्वाचित भएकी छिन् ।
यसै ९ गते सहकारी संचालक कार्यसमितिको निर्वाचनमा दुई उम्मेदवार विच बराबरी मत परिणाम आए पछि आज गोलापर्थाबाट रोकाया अध्यक्षमा निर्वाचित भएको निर्वाचन मण्डले जनाएको छ ।

कोरोना कहरका कारण गत महिना हुर्ने निर्वाचन ९ गते सम्पन्न भएको थियो भने अध्यक्ष पदका लागि हस्त बहादुर बुढाका २२४ मत र दुर्गा रोकायाका२२४ मत आए पछि उनीहरुकै सल्लाह अनुसार आज गोलापर्थाबाट अध्यक्ष चयन भएको जनाइएको छ। कुल सयेर सदस्य अर्थात कुल मतदाता १२९८ मध्ये ६५९ मत खसेको निर्वाचन मण्डले जनाएको थियो।
समितिको अध्यक्षमा दुर्गा रोकाया, उपाध्यक्ष रतन सिह खडका, सदस्यमा अम्मर सिह राना, करन सिह बडाल, कान्ती देबी राना, जयराज पाण्डेय, तारी सिह कडाल, देव बहादुर खडका, पुष्करराज जोशी, बुद्धिराम चौधरी र लक्ष्मी कुमारी खत्री निर्वाचित भएका थिए । यस्तै लेखा समितिको संयोजकमा कर्ण बहादुर बुढा निर्वाचित भएका थिए ।
समितिको अध्यक्ष पदका लागि ३ जना, उपाध्यक्ष पदका लागि दुई जना, सदस्य पदका लागि १५ जनाको उम्मेदवारी रहेको थियो भने लेखा तथा सुपरिवेक्षण समिति संयोजकका लागि २ जनाको उम्मेदवार थिए ।
