Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीएम सी सी नै चाहिए देउवाले अमेरिका जाँदा हुन्छ : धामी

एम सी सी नै चाहिए देउवाले अमेरिका जाँदा हुन्छ : धामी

धनगढी :  एम सी सी जबरजस्ती पास गर्न खोजेको भन्दै नेकपा माओवादी केन्द्र निकटका जनबर्गिय संगठनहरुले धनगढीमा बिरोध गरेको छ । धनगढी चौराहाबाट शुरु भएको बिरोध जुलुश जिल्ला प्रशासन कार्यालय अगाडी गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका युवा नेता रमेश धामीले एम सी सी बिना बाँच्न नसक्ने भए अमेरिकामै गएर बस्न प्रधानमन्त्री शेर बहादूर देउवालाई चेतावनी दिएका छन् ।

एम सी सी नेपालको हितमा छैन भनेर यत्रो जनसागर आन्दोलनमा रहेपनि जबरजस्ती पास गर्न खोज्ने देउवालाई के लोभ छ उनले प्रश्न गरे “अमेरिकाले के दिएको छ र त्यो एम सी सीलाई पास गर्न मरिहत्य गरिराख्नुभएको छ प्रधानमन्त्री ज्यु ब्यक्तीगत लोभमा नभई नेपाली जनताको हित सोच्नुस ।”

काग्रेंस महामन्त्री गगन थापाले एम सी सीको बिपक्षमा भए सरकारमा नबस्दा हुन्छ भनेको बिषयलाई लिएर धामीले आक्रोस पोखे । यो सरकार गगन थापाको बुवाले बनाइदिएको होइन उनले भने “माओवादी अध्यक्ष प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले देउवालाई प्रधानमन्त्री बनाइदिएका हुन् यो गठबन्दन सरकार एम सी सी पास गरोस भनेर होइन की जनताका पक्षमा काम गरोस भनेर बनाइएको हो ।”

एमाले अध्यक्ष केपी ओली अहिले बिना घाणोको रालोझैँ बनेको उनले टिप्पणी गरे । एम सी सी संसदमा आफै लैजाने केपी ओली अहिले रमिता हेरेर बसेको उनले बताए । देशको ठुलो पार्टीले एउटा निर्णय लिनु पर्दैन उनले भने “मौन समर्थन गरेर जनतालाई झुक्याउँदै एम सी सी पास गरौँला भनेको होला नेपाली जनताले केपीका राष्टघाती कर्तुत पनि थाहा पाएका छन् राष्टघातीहरुलाई छोड्ने छैनन् ।”

सकेसम्म माओवादी एम सी सी पास हुन नदिने धामीले बताए । एदी पास भइहाले यी दल र नेताहरुलाई नेपाली जनताले देखाउने उनले बताए ।

ताजा समाचार