Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीएमसीसी खारेजीको माग गर्दै बेलडाँडीमा वाइसीएल र समाजवादी युवाको राके जुलुस

एमसीसी खारेजीको माग गर्दै बेलडाँडीमा वाइसीएल र समाजवादी युवाको राके जुलुस

बेलडाँडी,
संसदमा एमसीसी टेल भएपछि देशका विभिन्न ठाउँमा जनस्तरबाट विरोध भएको छ । एमसीसी खारेजीको माग गर्दै बेलडाँडीको मुटु चवन्नी वजारमा वाइसीएल र समाजवादी निकट युवा संगठनको सयुक्त रुपमा हिजो बेलुका राके जुलुस निकालिएको बेलडाँडी वाइसीएल इन्चार्ज चेत बहादुर शाहले जानकारी गराउनु भयो ।

उहाँका अनुसार राष्ट्रघाती एमसीसी कुनै पनि हालतमा पारित नगरिनु पर्नेमा जोड दिदै दवाव श्रृजनाका लागि राके जुलुसको आयोजना गरिएको बताए । यति संसदबाट एमसीसी पारित हुन्छ भने सरकारमा माओवादी नेताहरुले बसिराख्नु पर्ने कुनै औचित्य नभएको भन्दै त्यसका विद्धरुमा जनताको पक्षमा नेताहरु उभिन्नु पर्ने बताए ।

हिजो बेलुका निकालीएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्न खोजेको बेलडाँडी वाइसीयल संयोजक दिपक खड्काले जानकारी गराउनु भयो । उहाँका अनुसार हामीले जनताको मनोभावना अनुरुप एमसीसी खारेजको बिरोधमा निकालिएको राके जुलुसमा हस्तक्षेप गरि राकाहरु खोस्न थाल्दा समेत आफुहरुको विरोधका कार्यक्रम नरोकेको जनाए । एमसीसी खारेज नगरिए कडा आन्दोलन समेत गर्ने खडकाले बताए ।

ताजा समाचार