Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी बागेश्वरी सहकारीको मध्य राती देखि मत गणना शुरु, एक सय मतको...

बेलडाँडी बागेश्वरी सहकारीको मध्य राती देखि मत गणना शुरु, एक सय मतको परिणम

बेलडाँडी,
कोरोना कहरका कारण गत महिना हुने बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको हिजो सोमवार सम्पन्न भएको निर्वाचनमा मध्य राती देखि मत गणना शुरु भएको निर्वाचन मण्डलले जनाएको छ ।

कुल सेयर सदस्य अर्थात कुल मतदाता १२९८ मध्ये ६६२ मत खसेका थिए । अध्यक्ष पदका लागि ३ जना मैदानमा भिडेका थिए भने तीनै जनालाई स्थानीय राजनितिक पार्टीहरुले समर्थन संरक्षण गरेका थिए । जसमा आज विहान सम्म १ सय मत गणनाको परिणाम सार्वजनिक गरिदा एमाले निकटका हस्त बहादुर बुढाले ४४, नेपाली कांग्रेस निकटका दुर्गा रोकायाले ३१ र नेकपा मओवादी केन्द्र र समाजवादी निकटका साझा उम्मेदवार जैसिंह धामीले १३ मत प्राप्त गरेका थिए ।

कार्या समितिको अध्यक्ष पदका लागि ३ जना, उपाध्यक्ष पदका लागि दुई जना, सदस्य पदका लागि १५ जनाको उम्मेदवारी रहेको थियो भने लेखा तथा सुपरिवेक्षण समिति संयोजकका लागि २ जनाको उम्मेदवारी थियो । यस मत परिणामले स्थानिय निर्वाचनमा समेत कुन दलको कति प्रभाव भन्ने देखिने राजनितिक विश्लेषकहरु बताउछन् ।

ताजा समाचार