बेलडाँडी,
बेलडाँडी गाउँपालिकाको वडा नं.४ मा रहेको बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाको आज कार्य समितिको निर्वाचन सम्पन्न भएको छ ।

कोरोना कहरका कारण गत महिना हुर्ने निर्वाचन आज सम्पन्न भएको निर्वाचन मण्डलले जनाएको छ । कुल सयेर सदस्य अर्थात कुल मतदाता १२९८ मध्ये ६६२ मत खसेको निर्वाचन मण्डले जनाएको छ ।
समितिको अध्यक्ष पदका लागि ३ जना, उपाध्यक्ष पदका लागि दुई जना, सदस्य पदका लागि १५ जनाको उम्मेदवारी रहेको थियो भने लेखा तथा सुपरिवेक्षण समिति संयोजकका लागि २ जनाको उम्मेदवारी रहेको थियो ।
केहि समयमै मत गणना गरिने निर्वाचन अधिकृत लक्ष्मी दत्त जोशीले जानकारी गराउनु भयो ।
