Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेदकोटमा भोली देखि जग्गाको नापजाँच गरि पुर्जा दिने कार्य शुरु गर्ने

बेदकोटमा भोली देखि जग्गाको नापजाँच गरि पुर्जा दिने कार्य शुरु गर्ने

बेदकोट,

बेदकोट नगरपालिकाले भोली देखि जग्गाको नापजाँच गरि पुर्जा दिने कार्य शुरु गर्ने भएको छ । नगरपालिकाको आयोजनामा सोमवार आज भूमि सम्वन्धी सर्वदलीय÷ सर्वपक्षीय बैठकले उक्त कार्य अघि बढाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले २०७८ श्रावण २१ गते देखि बेदकोट नगरपालिकामा रोकिएको अव्यवस्थित बसोबासीको (ऐलानी– प्रती) जग्गा नापजाँच( नापी) गर्ने कार्य भोलि १० गते देखि ५ वटा नापी टोली बनाएर जग्गाको नापजाँच गरि जग्गा धनीलाई पुर्जा दिने कार्य शुरु गर्ने निर्णय गर्नुका साथै भुमिहिन सुकुम्बासीहरुलाई तथ्यांक प्रविष्ट गर्दै प्रमाणीकरण गरि जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको नगरपालिकाका प्रमुख मेयर अशोक कुमार चन्दले जानकारी गराउन भयो ।

संघीय सरकार भुमी व्यवस्था मन्त्रालय, राष्ट्रिय भुमि आयोग केन्द्र, जिल्ला भुमि आयोग, नापी बिभाग , जिल्ला नापी कार्यलय लगायत तालुकद्धार निकायहरु, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, वडा र नगर सहजीकरण समिती, सहयोग गर्नुहुने सस्थाहरु, प्राबिधिक कर्मचारी र राष्ट्रसेवक कर्मचारी र सम्पुर्ण बेदकोट नगरबासीहरुलाई फेसबुक मार्फत सम्वोधन गर्दै जग्गा नापजाँच गर्ने कार्यमा सहयोग गर्न हार्दिक अनुरोध समेत गरेका थिए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे , भुमी आयोगका जिल्ला अध्यक्ष देबेन्द्र ढुङ्गाना, जिल्ला नापी अधिकृत पुष्कर पाल, जिल्ला मालपोत अधिकृत , सबै राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, बिभिन्न्न सहयोगी सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

धेरै समय पछि जग्गाको मालिक बन्ने भए पछि स्थानिय वासि हर्षित भएका छन् । नगर प्रमुख चन्दको स्थानीय लगायत प्रतिपक्षहरु समेत प्रशंसा गर्न थालेका छन् ।

 

ताजा समाचार