Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीभालुको पित्त र यार्सागुम्बासहित १ जना पक्राउ

भालुको पित्त र यार्सागुम्बासहित १ जना पक्राउ

कञ्चनपुर, भालुको पित्त र यार्सागुम्बासहित १ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको सयुक्त प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बाट एकजनालाई पक्राउ गरेको हो।

जुम्ला कनिकासुन्दरी गाउपालिका ३ बस्ने ५७ वर्षीय बिर्ख धामीलाई अन्दाजी १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बा फेला पारेको प्रहरीले बताएको छ। अनुसन्धान गर्दै जाँदा कैलालीको गोदावरी नगरपालिका २ मा रहेको उनको डेराबाट थप ५०० ग्राम यार्सागुम्बा फेला पारी जम्मा ५२५ ग्राम यार्सागुम्बा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा समाचार