अत्तरिया
सार्वजनीक बिदाको दिन मापसे गरि चलाइएको दिपायल सिलगढी नगरपालीकाको मोटरसाईकल प्रहरी फन्दामा परेको छ । से१ब ८३८ नम्बरको उत्त मोटरसाईकल कैलालीको अत्तरियामा क्षेत्रिय ट्राफीक प्रहरी कार्यालय अत्तरियाको टोलीले नियन्त्रणमा लिएको हो ।

नगरपालीकामा कार्यरत लेखापाल भत्तराज भट्टले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको पाएपछी प्रहरीले मोटरसाईकल लिएको हो । क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश उप्रतीका अनुसार नियन्त्रणमा लिइएको मोटरसाईकल एक हजार जरीवाना तिराएर छोडीएको छ ।
उनका अनुसार सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिएका थिए। उत्त मोटरसाईकलमा पछाडी युवती सवार थिईन भने बेलुकी ५ः३० को समयमा उनीहरु अत्तरिया चौराहा वरीपरी फन्को लगाइरहेका थिए ।