Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीगठबन्धन जोगाउन नेकपा(एस)को मध्यमार्गी बाटो संसद्‌मा एमसीसी टेबल गर्न दिने,यथास्थितीमा पारित गर्न...

गठबन्धन जोगाउन नेकपा(एस)को मध्यमार्गी बाटो संसद्‌मा एमसीसी टेबल गर्न दिने,यथास्थितीमा पारित गर्न नसघाउने

काठमाडौँ,

सत्ता गठबन्धन धरापमा परेपछि नेकपा(एस)ले एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने मध्यमार्गी निर्णय गरेको छ । तर, संसद्‌मा टेबल भएको एमसीसी यथास्थितमै पारित गर्न भने नसकिने निष्कर्ष निकालेको छ ।

 

शनिबार भएको स्थायी कमिटीको बैठकमा सम्झौतालाई संसद्‌मा टेबल गर्न सकारात्मक रहेपनि संशोधन बिना त्यसको पक्षमा पार्टी उभिन नसक्‍ने स्पष्ट पारेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीसँग सम्बन्धित बुँदागत रुपमा जानकारी गराएका थिए । बैठक पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको विषयमा धारणा राखेका थिए । बैठकमा स्थायी कमिटीका सदस्यहरुले गठबन्धनलाई जोगाउनु पर्ने धारणा राखेका थिए ।

एमसीसीबारे अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका मुख्य बुँदाहरु यस्ता छन्ः

  • असंलग्न परराष्ट्र नीति प्रतिवद्ध रहने,
  • कुनै पनि सेना र सुरक्षा नीतिको अंग हुन सक्दैनौं,
  • छिमेकी देशको सुरक्षामा असर पार्ने कुनै पनि काम गर्न दिँदैनौ र कसैको पक्ष वा विपक्षमा प्रयोग हुँदैनौं,
  • नेपाली भूमी हुने सबै कार्यमा नेपालको अधिकार सुरक्षित रहन्छ,
  • नेपालभित्रको आयोजनाको रोजगारीमा नेपालीको प्राथमिकता रहन्छ ।
  • नेपालमा उत्पादन भएको विषयको वौद्धिक सम्पत्तिमाथि नेपालको अधिकार रहन्छ ।
  • कानुन लागू हुने विषयमा प्रचलित अभ्यास नै लागू हुन्छ ।
  • कर लगायतको छुट विदेशीहरुलाई दिन सकिदैन । उन्मुक्ति दिन सक्दैनौं ।
  • एमसीसीलाई आर्थिक सहयोगको रुपमा स्वीकार गर्दा पनि यथास्थितमै त्यसलाई स्वीकार गर्न गाह्रो छ।
  • यसलाई संशोधन गर्ने अधिकार सदनलाई हुनुपर्ने

ताजा समाचार