कञ्चनपुर,

नेकपा विप्लव निकट युवा संगठनले एमसीसी सम्वन्ध बारे संघीय सांसदहरुलाई सुझाव पत्र बुझाएका छन् ।
युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुरका संघिय प्रतिनिधि सभा सदस्य डा. दिपक प्रसाद भट्टको घरमै गएर उहाँको परिवार मार्फत सुझाव पत्र बुझाईएको छ भने निरु देवि पाल,बिना देवि बुढाथोकी ,नर बहादुर धामी र विना मगरलाई राष्ट्रघाति सम्झौताका विपक्षमा मत रहनेछ भन्ने विस्वासका साथ युवा संगठन कञ्चनपुर जिल्ला समितिको तर्फबाट म्यासेन्जर र थप फोन मार्फत सुझाव पत्रका बारेमा जानकारी गराएको संगठनका उपाध्यक्ष दिपेन्द्र ऐरीले जानकारी गराउनु भयो ।
