Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीमहाकाली अस्पतालका बिरामीलाई फलफुल

महाकाली अस्पतालका बिरामीलाई फलफुल

 कञ्चनपुर,

महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरिएको छ । २७ औँ जनयुद्ध दिवस तथा ७२औँ प्रजातन्त्र दिवसको अवसरमा महाकाली अस्पतालमा उपचारार्थ बिरामीलाई फलफुल वितरण गरिएको हो ।

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले बिरामीलाई फलफल वितरण गरेको छ । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एव सुप प्रदेश इन्चार्ज पंकल रावलले ऐतिहासिक दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण गरिएको छ ।

महाकाली अस्पतालका निवर्तमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले दुवै अवसर पारेर अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले बिरामीलाई सम्झिएको बताए । कार्यक्रममा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एव सुप प्रदेश इन्चार्ज पंकल रावल, महाकाली अस्पतालमा निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्स), निमित्त मेसु अर्जुन भट्ट, प्रगतिशिल स्वास्थ्यकर्मी सिद्धराज भट्ट, धर्मानन्द भट्ट, जयराज महरा, अखिल नेपाल प्रगशिलकर्मी महासंघका महासचिव नर बहादुर टमाटा सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार