Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीपुनर्वासको अमरैयामा दिउँसै हात्ती गाउँ पस्यो, सावधानी अपनाउन बन कार्यालयको अनुरोध

पुनर्वासको अमरैयामा दिउँसै हात्ती गाउँ पस्यो, सावधानी अपनाउन बन कार्यालयको अनुरोध

पुनर्वास,
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैयामा जङ्गली हात्ती गाउँ पसेको छ ।

शनिबार बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएकोले नजिकका किसान तथा आम नागरिकहरूलाई सचेत रहन कुण्डा सब डिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।

उक्त हात्तीलाई लालझाडी बन क्षेत्रमा प्राकृतिक वासस्थान तर्फ फर्काउन बन कर्मचारी र नेपाल प्रहरीको टोली खटिएको कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो ।

ताजा समाचार