Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका एक किसानको ऊखु खेतीमा आगलागी

बेलडाँडीका एक किसानको ऊखु खेतीमा आगलागी

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.३ बस्ने एक किसानको ऊखुखेतीमा आगलागी भएको छ । नारायण चौधरीको ऊखु खेतीमा आचनाक आज दिउसो करिव ३ बजेको समयमा आगलागी हुदा १ बिघामा रहेको ऊखु जलेर नष्ट भएको छ ।

ऊखुको खेतबाट कालो धुवाँ निस्के पछि आफ्नो खेतमा काम गरिरहेका युवा किसान जय राम दहित लगायतका किसानहरु हल्ला गर्दै आगलागी भएको ठाउँमा पुग्दा आगो समयमै नियन्त्रणमा लिइएको जनाए । दहितका अनुसार कालो धुवाँ ऊखुको विचवाट निस्केपछि आफुहरु त्यहाँ पुगेर पानी र टेक्टरको सहायताले आगो नियन्त्रणमा लिइएको बताए । आगो कसरी लाग्यो भन्ने कुरा अहिले सम्म नखुलेको वहाँले बताए ।

यसरी बर्ष भरी मेहनत गरी काट्नलाई तयारी अवस्थामा रहेको ऊखुमा आगो लाग्दा चौधरी चिन्तित बनेका छन् ।

ताजा समाचार