Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीएमाले युवा नेता रोकायाद्वारा छोराको जन्मदिनका अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न

एमाले युवा नेता रोकायाद्वारा छोराको जन्मदिनका अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरका युवा नेता कृष्ण कुमार रोकायाले छोरोको जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन ।

एमाले बेलडाँडीका गाँउ कमिटि सदस्य समेत रहेका पुर्व विद्यार्थी नेता एव निर्वतमान राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रोकायाले छोरा प्रतिक रोकायाको ८औँ जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई खाद्यान्न एव फलफुल वितरण गरेका हुन ।

एमाले नेता रोकायाले महाकाली बाल अञ्चल अनाथालयमा बस्दै आएका बालबालिकालाई दाल, चामल, नुन तेल, तरकारी लगायत फलफुल र मिठाई वितरण गरेका छन ।

रोकायाका बाबु प्रतिक सहित अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला अध्यक्ष कैलाश चन्द्र गिरी, अनेरास्ववियुका जिल्ला अध्यक्ष कमल रोकाया लगायतका बिद्यार्थी नेतासाथीहरूको उपस्थितिमा अनाथालयमा खाद्यान्न एव फलफुल समाग्री हस्तान्तर गरिएको थियो।

एमाले नेता रोकायाले समाजिक कार्यका लागि बाबुको जन्मदिनको अवसरमा सानो सहयोग गरेको बताए । खाद्यान्न एव फलफुल सहयोग गरेको भन्दै अनाथालयले एमाले युवा नेता रोकायाप्रति आभार प्रकट गरेका छन ।

ताजा समाचार