Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीमहाकाली पुल निर्माण कम्पनीले अवैध उत्खनन् र कमसल खालको समाग्री प्रयोग गरेको...

महाकाली पुल निर्माण कम्पनीले अवैध उत्खनन् र कमसल खालको समाग्री प्रयोग गरेको भन्दै विप्लवद्वारा एक्सन

कञ्चनपुर,
नेकपा विप्लव कञ्चनपुरले महाकाली पुल निर्माण कम्पनी कुमार सिएफसिई जेभी महाकाली नदीको अवैध उत्ख्नन र कमसल खालका समाग्री प्रयोग गरेको भन्दै एक्सनमा उत्रिएको
छ ।
विप्लव कञ्चनपुरले पहुँच मार्गमा कमसल खालका समाग्री प्रयोग गरेर सडक निर्माण गरेको भन्दै अवैध काम रोक्न माग अघि सारेर पुल निर्माण क्षेत्रमा झण्डा सहित ब्यानर गाडेका छन ।
नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले निर्माण कम्पनीले पुल निर्माणको साटो महाकाली नदीको स्रोत दोहन, राज्यलाई कर नतिर्ने र सडक निर्माण गर्दा गुणस्तहिन काम गरेको बिरोधमा पार्टीले चेतावनी स्वरुप पुल निर्माण क्षेत्रमा झण्डा र ब्यानर टाँसेको बताए । ‘अहिले चेतावनी मात्रै हो, ‘उनले भने, ‘यती निर्माण कम्पनीले आफ्नो कमिकमजोरी सुधार नगरेर थप एक्सनमा जान्छौँ ।’ केही दिन अघि महाकाली नदी तटिय क्षेत्रका स्थानीय सहित जनप्रतिनिधीले ठेकेदार सिएफसिई जेभी बिरुद्धमा आन्दोलन गरेका छन । निर्माण कम्पनीले काम गरिरहेको जनाएको महाकाली पुल आयोजनाले जनाएको छ । आयोजनाका अनुसार निर्माण कम्पनीले एक महिनाभित्रै भत्किएको पहुँचमार्ग बनाउने स्प्रीट अनुरुप काम भईरहेको छ ।

ताजा समाचार