Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीक्रान्तिकारी र वाईसियलद्वारा एमसिसी खारेजीको माग राख्दै बिरोध प्रर्दशन

क्रान्तिकारी र वाईसियलद्वारा एमसिसी खारेजीको माग राख्दै बिरोध प्रर्दशन

कञ्चनपुर,
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र वाईसियल कञ्चनपुरले एमसीसी खारेजीको माग अघि सार्दै प्रशासन अगाडी बिरोध प्रर्दशन गरेका छन ।
बुधबार क्रान्तिकारी र वाईसियलले एमसीसी सम्झौता खारेजीको माग अघि सारेर जिल्ला प्रशासन कार्यालय अगाडी बिरोध प्रर्दशन गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले क्रान्तिकारी र वाईसियलले संयुक्त रुपमा बिरोध प्रर्दशनका साथै प्रशासन अगाडी प्रर्दशन गरिएको बताए । प्रशासन मुल गेट अगाडी वाईसियलका केन्द्रीय सदस्य अर्जुन साउद र क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले कोण सभा सम्बोधन गर्दै राष्ट्रघाती एमसिसी खारेजीको विकल्प नभएको भन्दै तत्तकाल खारेजी गर्नुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार