Monday, August 8, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारएमसीसी बिरुद्धमा नेपाल बन्द, कञ्चनपुरका विभिन्न ठाउँमा बन्दको प्रभाव

एमसीसी बिरुद्धमा नेपाल बन्द, कञ्चनपुरका विभिन्न ठाउँमा बन्दको प्रभाव

कञ्चनपुर,
एमसीसी बिरुद्धमा आज नेपाल बन्द गरिएको छ । नेकपा विप्लव, बैद्य, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी, माओवादी केन्द्र समाजवादी दल सहितका मोर्चाले राष्ट्रघाती एमसीसी बिरुद्धमा नेपाल बन्द गरेका हुन । बन्दको असर कञ्चनपुरका विभिन्न ठाउँमा समेत परेको छ । बोलौरी, पुनर्वास, बेलडाँडी चवन्नी, झलारी, गुलरिया,बाणी,दोधारा, दैजि सिसैया लगायतका जिल्लाका मुख्य बजारहरु बन्द रहेका छन् । बिहानैदेखि बन्दकर्ताहरुले ठाँउ ठाँउमा टायर बालेर राष्ट्रघाती एमसीसी खारेजीका लागि बाध्यात्मक कदम भएको बताएका छन । बन्दका कारण बिहानैदेखि कञ्चनपुरका सार्वजनिक यातायात संचालन हुन सकेको छैन । शिक्षण संस्था, उद्योग धन्दा कलकारखाना बजार समेत आनशिक बन्द भएका छन । बन्दका कारण भारतबाट फर्किएका नेपाली बसपार्क क्षेत्रमा अलपत्र परेका छन ।

नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती सम्झौतालाई संसदबाट पारित गराउन खोजिएको बिरुद्धमा विप्लव, बैद्य सहितका दलहरुले बाध्यताबस नेपाल बन्द आब्हान गरिएको बताए ।
उनका अनुसार बन्दको अवाज्ञा गरी हुनसक्ने क्षतिको स्वयम बन्दबिरोधीकर्ता नै जिम्मेबार हुने चेतावनी दिए । तर, नागरिकले भने बन्द हड्ताल भन्दा वैकल्पिक विधिबाट दवाव सृजना गर्नुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार