कञ्चनपुर,
नेकपा माओवादी केन्द्र बेदकोट नगरले कञ्चनपुरका किरियापुत्री पत्रकार कृष्ण दमाईको परिवारलार्ई खाद्यान्न सहयोग गरेको छ ।
आर्थिक रुपमा अति विपन्न किरियापुत्री पत्रकार दमाईको परिवारलाई माओवादी केन्द्र बेदकोट नगरले खाद्यान्न सहयोग गरेको हो ।
आतबार पत्रकार दमाईको निवास भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरमै पुगेर माओवादी केन्द्र बेदकोट नगरले खाद्यान्न दिनुका साथै शोकाकुल परिवाजनप्रति समवेदना प्रकट गरेको छ । माओवादी केन्द्र बेदकोट नगरका अध्यक्ष लाल परियारले आर्थिक रुपमा विपन्न पत्रकार दमाईको परिवारलाई बज्रपात भएका बेला केही राहत पुगोस भन्ने उदेश्यका साथ खाद्यान्न तथा फलफुल दिएको बताए । माओवादी केन्द्र बेदकोट नगरका अध्यक्ष परियारका अनुसार चामल, दाल, नुन, तेल, तरकारी एव फलफुल दिईएको छ । खाद्यान्न सहयोग कार्यक्रममा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता सिके भट्ट, माओवादी केन्द्र बेदकोट नगरका सचिव दान बहादुर बम, कोषाध्यक्ष प्रेम रावल सहितका माओवादी नेता कार्यकर्ता सहभागि थिए । माओवादी नेताहरुले दमाई परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै थप सहयोगका लागि प्रतिबद्धता जाहेर गरेका छन । पत्रकार दमाईका बाबु रण बहादुर दमाईको गत माघ तेस्रो साता मुटुरोगका कारण देवशान भएको थियो । आर्थिक रुपमा विपन्न पत्रकार दमाईको परिवारमा समवेदना एव सक्दो आधारभूत खाद्यान्न सहयोगका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज बुद्धिजिवि, शिक्षक पत्रकार पुगेका छन । दलित समुदायका पत्रकार दमाई परिवारले दुखत घडीमा प्रत्यक्ष एव अप्रत्यक्ष सहयोगी मनहरुप्रति आभार प्रकट गरेका छन ।

