Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलौरी नगरपालिकाद्वारा बडघर भलमन्सा प्रथालाई निरन्तरता दिन ऐन पारित

बेलौरी नगरपालिकाद्वारा बडघर भलमन्सा प्रथालाई निरन्तरता दिन ऐन पारित

कञ्चनपुर,
कञ्चनपुरको बेलौरी नगरपालिकाले थारु समुदायको आदिमकालदेखि मान्दै आएको बडघर–भलमन्सा परम्परात प्रथालाई मान्यता दिन ऐन ल्याएको छ ।
बेलौरी नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्दै आएका राना, चौधरी, दहित, खुना बडायक, डगौरा, कठरिया सबै प्रकृतिका थारु समुदायले बडघर भलमन्सा प्रथालाई कानुनी मान्यता दिएको हो । त्यस बारे ऐन नै ल्याएर बेलौरी नगरपालिकाले कानुनी मान्यता दिएको छ । शनिबार नगरपालिकाको ८औँ नगर सभाबाट ऐन पारित गरिएको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले थारु समुदायको लोक संस्कृति परम्परा जोगाउने उदेश्यका साथ बडघर–भलमन्सा परम्परात प्रथालाई मान्यता दिन ऐन ल्याएको बताए । मेयर चौधरीका अनुसार परम्परागत रुपमा चल्दै मान्दै आएको बडघर भलमन्सा प्रथालाई अहिले कानुनी मान्यता दिईएको छ । मेयर चौधरीले आफ्नो चुनावी एजेण्डा समेत भएकाले अहिले ऐनकै रुपमा पारित गरिएको बताए । उक्त ऐनसंगै अन्य विभिन्न ऐनहरु समेत बेलौरीले पारित गरेको छ । जिल्लाको पहिलो सदरमुकाम बेलौरीलाई सम्बृद्धि बनाउनका लागि स्थानीय सरकारबाट थुप्रै पहल भएको समेत मेयर चौधरीले बताए । थारु समुदायको लोक परम्परा एव संस्कृति संरक्षणका लागि नगरपालिका सहित मेयर पोतिलाल चौधरी नेतृत्वका जनप्रतिनिधीले ल्याएको ऐनमा स्थानीय थारु समुदायले खुसी व्यक्त गरेका छन ।

ताजा समाचार