Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीकिरियापुत्री पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग

किरियापुत्री पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग

खडक कोली/कञ्चनपुर,
स्थानीय भवन निर्माण व्यवसायी संघले किरियापुत्री पत्रकार कृष्ण दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेको छ । भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर निवासी पत्रकार दमाईको परिवारलाई शुक्रबार स्थानीय भवन निर्माण व्यवसायी संघले खाद्यान्न सहयोग गरेको हो । आर्थिक रुपमा अति विपन्न पत्रकार दमाईको परिवारलाई किरियाका बेला केही राहत पुगोस भन्ने उदेश्यका साथ खाद्यान्न सहयोग गरेको स्थानीय भवन निर्माण व्यवसायी संघले खाद्यान्न जनाएको छ ।
स्थानीय भवन निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले संघ तर्फबाट विपन्न दलित समुदायका पत्रकार दमाईको परिवारलाई सहयोग गरेको बताए । उनका अनुसार दामल, दाल, नुन, तेत, आँटा, चिउरा, विभिन्न प्रकृतिको मसला सहयोग गरिएको छ । खाद्यान्न सहयोग कार्यक्रममा संघका अध्यक्ष थापा सहित पुर्व कोषाध्यक्ष नन्द सिह मडै, सदस्य मोतिलाल उराव, भरतलाल चौधरी र पत्रकार दमाईका आफन्त सहितका पत्रकारको सहभागिता रहेको थियो । समाजिक सेवा गर्ने उदेश्यले किरियापुत्री पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेको स्थानीय भवन निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठले बताए । सहयोगी मनहरुप्रति पत्रकार दमाईले आभार प्रकट गरेका छन ।

ताजा समाचार