Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीएमाले युवा नेता ज्वालाद्वारा किरियापुत्री पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग

एमाले युवा नेता ज्वालाद्वारा किरियापुत्री पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरका युवा नेता राधाकृष्ण जोशी(ज्वाला)ले किरियापुत्री पत्रकार कृष्ण दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेका छन ।
एमाले युवा नेता ज्वालाले आफ्नो जन्मदिनको अवसर पारेर किरियापुत्री पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेको हो । आर्थिक रुपमा विपन्न पत्रकार दमाईको परिवारलाई किरियाका बेला केही आधारभूत आवश्यकता खाद्यान्नको अभाव हुन नदिने उदेश्यका साथ युवा नेता ज्वालाले खाद्यान्न सहयोग गरेका छन । एमाले युवा नेता ज्वालाले पत्रकार दमाईको परिवारलाई चामल, दाल, नुन, तेल, चिनी र चियापत्ती सहयोग गरेका हुन । मानविय सेवा गर्ने उदेश्यका साथ एमाले युवा नेता ज्वालाले पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन । खाद्यान्न सहयोग कार्यक्रममा अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोयाका, सुप विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटि उपाध्यक्ष रबिन नाथ सहितको उपस्थिति रहेको थियो । एमाले युवा नेता सहितले सहयोगी मनहरुप्रति पत्रकार दमाईको परिवारले आभार प्रकट गरेका छन ।

ताजा समाचार