Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीवडाध्यक्ष खातीलाई मोसो छ्याप्नेहरुलाई गाउँपालिकाद्धारा हदै सम्मको कानुन बमोजिम कार्वाहीको माग

वडाध्यक्ष खातीलाई मोसो छ्याप्नेहरुलाई गाउँपालिकाद्धारा हदै सम्मको कानुन बमोजिम कार्वाहीको माग

बेलडाँडी,
बेलडाँडी गाँउपालिका कार्यालयद्धारा वडा नं.२का वडाध्यक्ष प्रेम राज खातीमाथी कालो मोसो छ्यापी फरार हुने समूहलाई कार्बाही गर्न माग अघि सारेको छ । बिहीबार वडाध्यक्ष खातीमाथि विभिन्न आरोप लगाएर नेकपा विप्लव निकट नेता कार्यकर्ताले कार्यकक्षमै मोसो दलेका थिए । त्यसको जिम्मा युवा संगठनले लिएको थियो ।

बेलडाँडी गाउँपालिका कार्यालयले बिना दर्ता चलानीको एक प्रेस विज्ञप्ती जारी गर्दै वडाध्यक्ष खातीमाथि दुव्र्यवहार गर्ने समुहमाथि कार्बाहीको माग अघि सारेको हो । वडाध्यक्ष खाती जनताको काममा रहेका बेला ८,९जनाको अज्ञात समुहले सार्वजनिक रुपमा अपमानित गर्ने दुषित मनसायले कालो रंगको तरल पर्दाथ शरिरमा छ्यापि फरार भएको घटना प्रति गाउँपालिका कार्यालयको गम्भिर ध्यानाकर्षण जनाउदै वडाध्यक्ष आफ्नो पदीय दायित्व अनुसार जनताको काममा व्यस्त रहेका बेला अमानविय घृणित र कानुन विपरितको दण्डनिय कामको भत्र्सना गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा घटनामा संलग्नको अविलम्व खोज पहिचान गरी हदै सम्मको कानुनी कार्वाहीको लागि गाउँपालिका परिवारले माग गरेको छ ।

ताजा समाचार