Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीवडाध्यक्षलाई मोसोदल्नेमाथि एमालेद्वारा कार्बाहीको माग

वडाध्यक्षलाई मोसोदल्नेमाथि एमालेद्वारा कार्बाहीको माग

 कञ्चनपुर,

नेकपा एमाले बेलडाँडी गाउँकमिटीले २का वडाध्यक्ष प्रेमखातीमाथि कालो मोसो दल्नेहरुलाई कार्बाही गर्न माग अघि सारेको छ । बिहीबार वडाध्यक्ष खातीमाथि विभिन्न आरोप लगाएर नेकपा विप्लव निकट नेता कार्यकर्ताले कार्यकक्षमै मोसो दलेका थिए । त्यसको जिम्मा युवा संगठनले लिएको थियो ।

एमाले बेलडाँडी गाँउ कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै वडाध्यक्ष खातीमाथि दुव्र्यवहार गर्ने समुहमाथि कार्बाहीको माग अघि सारेको हो । वडाध्यक्ष खाती जनताको काममा रहेका बेला ८/९जनाको अज्ञात समुहले आएर घृणित र कानुन विपरितको दण्डनिय कामको भत्र्सना गरिएको छ । एमाले गाँउपालिका अध्यक्ष लक्ष्मण सिह भाटले हस्ताक्षर गरेको विज्ञप्तीमा घटनामा संलग्नलाई यथाशिघ्र पक्राउ गरि कानुनी कार्बाहीको माग अघि गरि सारिएको छ ।

ताजा समाचार