Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीभ्रष्टाचारको आरोपमा वडाध्यक्ष खातीमाथि विप्लव युवा संगठनद्वारा कालो मोसो

भ्रष्टाचारको आरोपमा वडाध्यक्ष खातीमाथि विप्लव युवा संगठनद्वारा कालो मोसो

कञ्चनपुर,
नेकपा विप्लव कञ्चनपुरका कार्यकर्ताले बेलडाँडी गाँउपालिका २ का वडाध्यक्ष प्रेम खातीमाथि मोसो दलेका छन ।

बिहीबार दिउँसो विप्लवका कार्यकर्ताले वडाध्यक्ष खातीमाथि कार्यकक्षमै गएर मोसो दलेका हुन । विप्लवले वडाध्यक्ष खातीमाथि विभिन्न भ्रष्टाचारका आरोप लगाईएको छ । मोसो दलेको विप्लव निकट युवा संगठन नेपाल कञ्चनपुरले जिम्मा लिएको छ ।

युवा संगठन कञ्चनपुरका अध्यक्ष विकल्पले हस्ताक्षर गरेको विज्ञप्तीमा वडाध्यक्ष खातीमाथि जनकार्बाही गरेको जिम्मा लिएको हो । उक्त विज्ञप्तीमा वडा भवनको भाडा, कर्मचारी मनोमानी राखेको, कालिकिच तालमा उपभोक्ता समितिको कार्यालयदेखि क्याम्पसम्म सडक निर्माणमा आर्थिक अनियमितता गरेको, वडा कार्यालयमा अनुपस्थित भएको, बसपार्कका लागि भनि ल्याएको गिट्टी बालुवा २७ टिप्पर बेचेको, एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको, उपभोक्ता समितिमा पनि मनोमानी तरिकाले आफ्नो अनुकुल काम गरेको, साझौता र साना किसान लघुवित्तिलाई जमिन सहित १५ लाख दिने निर्णय गरि अनियमिता गरेको आरोपमा जनकार्बाही गरेको आरोप लगाईएको छ । एमालेबाट निर्वाचन वडाध्यक्ष खातीमाथि विप्लव निकट युवा संगठनले चरम अनियमितता गरेकाले जनकार्बाही गरिएको जनाएको छ ।


बेलडाँडी गाँउपालिका २ का वडाध्यक्ष प्रेम खातीले अचानक ७/८ जनाको समुहमा आएका व्यक्तिहरुले काम छ भन्दै भित्र गए कोठामा पुग्दा सहकारी योजनाको कुरा गर्ने क्रममा मोसो फालेर गएको बताए । ‘मैले कसैलाई चिनेन उनीहरु यहाँका स्थानीय नेता कार्यकर्ता पनि होईन, ‘उनले भने, ‘आफुमाथि लगाएको आरोप निराधार हुन, म माथि राजनीतिक प्रतिशोध साध्यो ।’ वडाध्यक्ष खातीले आफ्नो कुनैपनि विप्लव नेता कार्यकर्तासंग सम्बन्ध नबिग्रीएको विवाद समेत नभएको बताउदै आफुमाथि मोसोदल्ने कामबाट दुखित भएको बताए ।

‘साथिहरु ममाथि लगाएको आरोप जति छन, मैले गल्ती गरेको छैन, ‘उनले भने, ‘गल्ती गरेकै भए कानुन अनुसार सजाय भोक्छु ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले वडाध्यक्षमाथि दुव्र्यवहार मोसो दल्ने समुहको खोजि भईरहेको बताए । ‘मास्क लगाएर कार्यालय आएकाले पहिचानमा समस्या भयो, ‘उनले भने, ‘टोली खटिएको छ, मोसो दल्नेलाई पक्राउ गरेर कार्बाही गछौँ ।’

ताजा समाचार