Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस नेतृ भट्टद्वारा किरियापुत्री दलित पत्रकारको परिवारलाई खाद्यान्न सहयोग

काँग्रेस नेतृ भट्टद्वारा किरियापुत्री दलित पत्रकारको परिवारलाई खाद्यान्न सहयोग

कञ्चनपुर,
नेपाली काँग्रेस कञ्चनपुरकी नेतृ नितु भट्टले किरियापुत्री दलित पत्रकार कृष्ण दमार्ईको परिवारलाई खाद्यान्न सहयोग गरेकी छिन ।
काँग्रेस भीमदत्त नगरकी सचिव समेत रहेकी समाजसेवी भट्टले दलित पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेकी हुन । आर्थिक रुपमा विपन्न पत्रकार दमाईको निवास भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरमै पुगेर काँग्रेस नेतृ भट्टले चामल, दाल नुन तेल सहयोग गरेकी छिन ।
आर्थिक रुपमा विपन्न भएका दलित परिवारका लागि संकट परेका बेला व्यत्तिलगत तर्फबाट सानो सहयोग गरेको उनले बताईन । ‘यो उहाँको संकटको समय हो, ‘उनले भनिन, ‘घरमै पुगेर समवेदना र आधारभूत आवश्यकताको खाद्यान्न सहयोग गरेका छौँ ।’ आगामी दिनमा समेत दिनदुखीका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

ताजा समाचार