Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीआचार्यकाे अध्यक्षतामा प्रेस चाैतारी कैलालीकाे कार्य समिति सर्वसम्मत चयन

आचार्यकाे अध्यक्षतामा प्रेस चाैतारी कैलालीकाे कार्य समिति सर्वसम्मत चयन

 धनगढी,

प्रेस चाैतारी नेपाल कैलालीको नयाँ कार्य समिति चयन गरिएको छ । मंगलबार सम्पन्न भएकाे साताैँ जिल्ला अधिवेशनबाट भानुभक्त आचार्यकाे अध्यक्षतामा नयाँ कार्य सर्वसम्मत रूपले चयन गरिएकाे प्रेस चाैतारीले जनाएको छ ।

प्रेस चाैतारी सुदूरपश्चिमका सहइन्चार्ज गाेविन्द राेस्याराकाे संयाेजकत्वमा गठित अध्यक्ष मण्डलले प्रस्ताव गरेकाे कार्य समितिलाई बन्द सत्रले अनुमाेदन गरेकाे हाे । उपाध्यक्षमा निराजन परियार, उपाध्यक्ष(महिला) मिना चाैधरी, सचिवमा जनकसिंह विष्ट, सहसचिवमा प्रेम विष्ट र काेषाध्यक्षमा लाेकुसिंह ठकुरी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा राम सुनार, अंकित उप्रेती, राेशनी बिक, सागर परियार, अनिला स्वर्णकार, खगेन्द्र अवस्थी र कुलराज चाैधरी चयन भएका छन् । सहसचिव समावेशी र पाँच जना कार्य समिति सदस्यलाई भने जिल्ला कार्य समितिले मनाेनित गर्नेछ । यसैबीच प्रेस चाैतारी कैलालीले चार जना पूर्व अध्यक्षलाई संगठन विस्तारमा खेलेकाे याेगदानकाे कदर गर्दै सम्मान गरेको छ ।

सम्मानित हुनेमा पूर्व अध्यक्ष हेमन्त पाैडेल, शेरबहादुर बस्नेत, बिरेन्द्र रावल र मातृका तिमिल्सेना रहेका छन् । उनीहरूलाई दाेसल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरिएकाे हाे । प्रेस चाैतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतकाे प्रेमुख आथित्यतामा भएकाे उदघाटन सत्रमा प्रदेश इन्चार्ज हेमन्त पाैडेल, महासचिव शिवराज भट्ट लगायतकाे उपस्थिती रहेकाे थियाे ।

ताजा समाचार