Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी वडा नं.५ द्धारा असाहय, जेष्ठ र एकल महिलालाई चिसो छल्न कम्बल...

बेलडाँडी वडा नं.५ द्धारा असाहय, जेष्ठ र एकल महिलालाई चिसो छल्न कम्बल हस्तान्त्रण

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.५ ले आज मंगलवार केहि दिन यता अत्यधिक चिसोले जनजिवन प्रभावित हुन थाले पछि वडा भित्रका गरिब असाहय, जेष्ठ नागरिक,एकल महिला र दलित जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको का.वा. अध्यक्ष कमला देबी ओखेडाले जानकारी गराउनु भयो ।

केहि दिन यता निकै चिसो बढ्न थालेपछि बुढाबुढीहरुलाई चिसोका कारण समस्या उत्पन्न नहोस् भन्नका लागि वडाका १ सय १८ जनालाई कम्बल विरतण गरेको जनाए । आफुहरुले कम्वलका लागि वडाको बजेट विनियोजन गरेको र सो अनुसार आजै वितरण गरेको बताए ।

चिसोको मुखमै वडाले यस्तो कार्य गरेकाले उनीहरु हर्षित भएका थिए । धेरैले त अध्यक्षको प्रशंसा गर्दै यस्ता गरिब दुखी असाहयकको पक्षमा फेरी यस्तै राहतको कार्यक्रम ल्याउनु पर्ने धारण व्यक्त गरे ।

ताजा समाचार