Thursday, August 18, 2022
गृहपृष्ठसमाचारप्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा पन्त

प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा पन्त

महेन्द्रनगर: प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा लक्ष्मण पन्त सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार ७ औँ जिल्ला अधिवेशनले पन्तको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा होमनाथ योगी, महिला उपाध्यक्षमा लक्ष्मी सेठी र सचिवमा मदन गिरी चयन भए ।May be an image of 5 people, people standing and outdoors
यस्तै सह–सचिवमा दिनेशराज ओझा, सह–सचिव समावेशीमा धनबहादुर विक, कोषाध्यक्षमा धनबहादुर बोहरा छनौट भएका छन् । यसैगरी, सदस्यहरुमा रजनी राना, ओमप्रकाश पाण्डेय, सुरेश भट्ट, केशव भट्ट, कमला भट्ट, ताराकुमारी भट्ट, दिनेश चौधरी, बासुदेव भट्ट र प्रदिप राना चयन भएका छन् ।May be an image of 5 people, people standing, outdoors and tree
यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधीमा गणेश दत्त भट्ट (जी भट्ट), कोमलनिरञ्जन भाट, भवानी भट्ट, धर्मा रोकाया चयन भए । प्रदेश अधिवेशन प्रतिनिधीमा बासुदेव धामी (विमल), विमल विक, सरोज धामी, हरिशचन्द्र बाग, रामचन्द्र कुस्मी, यमकला पाण्डेय चयन भएका छन् ।May be an image of 3 people and people standing
बाँकी सदस्य पछि मनोनित गरिने अध्यक्ष लक्ष्मण पन्तले बताए । यसअघि ७ औँ जिल्ला अधिवेशनको चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए । यसैगरी, प्रेस चौतारी कञ्चनपुरले ६ जना पत्रकारलाई सम्मान गरेको छ ।
पत्रकार रामबहादुर चन्दलाई मर्णोपरान्त पुरस्कार प्रदान गरिएको छ । त्यस्तै प्रेस काउन्सिल नेपालका सदस्य हरि जोशी, प्रेस चौतारी कञ्चनपुरका पूर्व अध्यक्ष युवराज घिमिरे, सुरेश धामी र खगेन्द्र पन्तलाई पनि सम्मान गरिएको छ ।

ताजा समाचार