महेन्द्रनगर ,
कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडाको जागृति टोल विकास समितिले कलभर्ट फराकिलो बनाउनका लागि सडक डिभिजन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत भीनपा ६ ऐठपुर बाल जागृती नजिक नेगि टोल जाने बाटोमा रहेको कलभर्ट फराकिलो बनाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई ज्ञापन पत्र बुझाएको हो ।
स्थानीय युवा तथा राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशका सह संयोजक नितेश रावलले सडक फराकिलो भएपनि कल्र्भट फराकिलो नहुँदा समस्या भएको भन्दै कलभर्ट फराकिलो बनाउन माग गरेको बताए । नयाँ बजेट विनियोजन गरेर निर्माण गर्न माग अघि सारेका छन ।

बर्षातमा आउने क्षमता मध्य नजर एव वडाबासीका डुवानको समस्या मध्य नजर गर्दै नयाँ ढङगबाट फराकिलो कल्र्भट निर्माणका लागि ज्ञापन पत्र बुझाएको हो । जागृति टोल विकास समितिका अध्यक्ष मिरा भट्ट सहितका स्थानीयले सडक डिभिजन कार्यालयका ईन्जिनियर नरेन्द्र भट्टलाई ज्ञापन पत्र बुझाएका हुन ।

