Friday, August 19, 2022
गृहपृष्ठसमाचारराप्रपा नेतृ श्रेष्ठद्वारा खाद्यान्न सहयोग

राप्रपा नेतृ श्रेष्ठद्वारा खाद्यान्न सहयोग

कञ्चनपुर,
किरियापुत्री दलित पत्रकार कृष्ण दमाईको परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरकी नेतृ हेलन श्रेष्ठले खाद्यान्न सहयोग गरेकी छिन ।
आर्थिक रुपमा अति विपन्न दलित पत्रकार दमाईका बाबुको गत १९ माघमा निधन भएको थियो । पारिवारिक आर्थिक अवस्था निकै दयनिय भएकाले समाजिक कार्य गर्ने उदेश्यले समाजसेवी महिला अगुवा समेत रहेकी राप्रपा नेतृ श्रेष्ठले पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेकी हुन । राप्रपा महिला संगठन जिल्ला उपाध्यक्ष समेत रहेकी श्रेष्ठले पत्रकार दमाईको निवास भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरमै पुगेर खाद्यान्न सहयोग गरेकी हुन । चामल, दाल नुन र तेल सहयोग गरेकी छिन ।
आर्थिक रुपमा विपन्न पत्रकार दमाईको परिवारलाई केही राहत पुगोस भन्ने उदेश्यका साथ राप्रपा नेतृ श्रेष्ठले आर्थिक सहयोग गरेकी हुन । खाद्यान्न सहयोगमा राप्रपा नेतृ धर्मपती समाजसेवी दिनेश श्रेष्ठ समेत सहभागि भएका थिए । आर्थिक रुपमा विपन्न त्यसमा दलित समुदायका पत्रकारलाई बाबुको निधनले एकातिर शोकमा डुबेका छन । भने अर्कातिर आर्थिक रुपमा किरियागर्न संकट परेका बेला सहयोगी दाताबाट केही राहत पाएपछि दमाई परिवार हर्षित भएका छन ।
दलितकै नाममा दलितले गैर सरकारी संस्था चलाउने, दलितको नाम बेचेर खाने आज एक दलित परिवारमा संकट पर्दा दलित समुदायबाट सहयोग सद्भाव नै नपाईएको दमाई परिवारको दुखेसो छ । दलितका नाममा कमाउने आर्थिक रुपमा बलियो बन्ने तर, एक दलित परिवारमा यस्तो संकट पर्दा आर्थिक भौतिक त परै जावस समान्य सद्भाव समेत देखाउन कुनैपनि दलित अगुवा नेता पत्रकार विपन्न दलितको घरमा नआएको आफुहरु दलितबाटै अपहेलित भएको उनीहरुको गुनासो छ । पत्रकार दमाईका बाबुको निधनमा गैर दलित घरमा किरियापुत्रीलाई भेट्नेदेखि सक्दो सहयोग एव सद्भाव देखाएको दमाई परिवारको भनाई छ । दुखतमा साथ सर्मथन दिने सबै महानुभावप्रति दमाई परिवारले आभार प्रकट गरेका छन ।

ताजा समाचार