Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी चवन्नी सडक खण्डको विषयमा वडाअध्यक्षले मागे माफी

बेलडाँडी चवन्नी सडक खण्डको विषयमा वडाअध्यक्षले मागे माफी

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाले बारम्वार एक पछि अर्को कम्जोरी गर्दै माफी माग्दै आएको यो कुनै नयाँ विषय होइन । यस्तै बेलडाँडी देखि चवन्नी जोड्ने सडक खण्डमा वडा अध्यक्षले मनपरी तरिकाले आफु खुसी कोलो पत्रेका लागि बेस विछाइसकेको सडकमा माथी बाट ग्रावेल हालिदिदा उक्त सडकामा आवत जावत गर्नेहरुले सास्ती खेप्नु परेको थियो ।

बेलडाँडी गाउँपालिका वडा नं.२ का अध्यक्ष प्रेमराज खातीले आफुले प्रकृया नपुगाएर मनपरी तरिकाले गरेको काम प्रति आलोचित हुदै माफी मागे पछि उनका विरुद्धको आन्लोलन मत्थर भएको हो । उहाँका अनुसार काम गर्ने दौरानमा कमीकमजोरी भएको प्रति आलोचित हुदै यस्तो कार्य आगामी दिनमा नहुने बताउनु भयो । अहिले अवका तीन दिन भित्र त्यसमा ग्रेडर लगाएर पानी पिच गरिदिने बताए ।

आन्दोलित पक्षले गाउँपालिकाले आफुले गरेको भर्ना प्रकृयामा त्रुटी भएको भन्दै भर्ना गरिएका व्याक्तिहरुलाई खारेज गरेको लिखित सूचना निकाले पछि र वडा अध्यक्षले आफुले गरेको काममा माफी मागिसेपछि सबै आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको जनाए ।

त्यस सडक खण्डमा केहि बर्ष पहिला पिच गर्नका लागि बेस समेत बिछाइ सकेको थियो तर ठाउँ ठाउँमा खाल्डाहरु बनेका थिए खाल्डा पुर्नुको साटो अध्यक्षले पुरै बेस माथी ग्रावेल हालिदिएका थिए । उक्त कार्यमा कुनै उपभोक्ता, निर्माण कम्पनी नभएर आफैले काम गर्न थालेका हुन ।

त्यस सडक खण्डमा बेलडाँडीकी महिला नेत्री शान्त्री नाथ लगायत धेरै जना दुर्घटना परेका थिए ।

ताजा समाचार