Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीअवैध, दादागिरीका साथ आफ्ना ज्वाईलाई कर्मचारी नियुक्ती दिलाउने वडा अध्यक्षको अर्को फण्डा...

अवैध, दादागिरीका साथ आफ्ना ज्वाईलाई कर्मचारी नियुक्ती दिलाउने वडा अध्यक्षको अर्को फण्डा बाहिरियो

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा आफ्नो ज्वाईलाई अवैध तौरले कर्मचारी बनाउनका लागि मरिहत्ते गर्ने वडा नं.२ का अध्यक्ष प्रेमराज खातीको अर्को फण्डा बाहिरिएको छ ।
यति बेला विकास निर्माणका कार्य ठेका, उपभोक्ता र कोटेशन मार्फत धमाधम भइरहेको छन् तर वडा नं.२ का अध्यक्ष प्रेमराज खातीले दादागिरी शैलिले उपभोक्ता वा निर्माण कम्पनीले गर्नुपर्ने कार्य पैसा कमाउनको लागि आफै गरिरहेका छन् ।

यति बेला उनले आफ्नो वडाको सम्पुर्ण बिकास निर्माणको कार्य पैसा खानको लागि लागत स्टमेट नउठाएरै बिना सूचना वडाका अन्य सदस्यहरुलाई कुनै जानकारी नगराई सिधै ठेकेदार कम्पनी मार्फत ग्रावेल किन्दै गाउँपालिकाको श्रोत साधनको प्रयोग गरेर विल उठाउने कार्य गर्दै आएका छन् ।

ठाडो एकलौटी ढंगले कार्यालयले पनि काम गर्न पाउनु पर्यो भन्दै अन्य कुनै सदस्यहरुलाई जानकारी नगराई कमाइ खान काम गरिरहेका छन् । हामीले उनीलाई कुनै कार्य विधि बनाउनु भएको छ की वडा कार्यालयले आफै काम गर्ने भनी सोध्दा कुनै कार्यविधि नभइ यहाँका निर्माण कम्पनी तथा उभोक्ता संघ संस्थालाई लत्याउदै अाफ्नै पनले काम गर्न थालेका छन् ।

यसको लागत कसरी थाहाँ हुने भनी हामीले सोध्दा उने भने हामी ग्रावेल हाल्छौ पछि कति ग्रावेल हुन्छ नाप्छौ र सोहि अनुसार विल भुक्तानी गछौं भन्नु भयो, र हामीले आफै काम गरे उपभोक्ताले गर्ने काम भन्दा आधा रकममा काम हुने हुनाले हामी आफै काम गर्न लागेका हौँ उनले भने । आफैले काम गर्ने र वडाको बजेट बचाउने उदेश्य भएको भए गाउँपालिकाका श्रोत साधन सबै छदा छदै ठेकेदार कम्पनीले भण्डारण गरेर राखेको ग्रावेल किन किन्नु पर्यो सिधै ग्रावेल खानी देखिनै ढुवानी गरेको भए अरु पैसा बच्थ्यो होला भन्दा उनको बोली बन्द भएको छ ।

यस्तै अहिले योजना सूचना पाटी नराखेर सूचनाको हकबाट सबैलाई टाढा राख्दै अध्यक्षले स्वास्थ केन्द्रमा फार्मेसी भवन र सडक ग्रावेल, सडक बत्ती लगायत थुप्रै कार्य अाफैले गरिराखेका छन् । नियममनुसार यो मिल्दैन ।

गाउँपालिका देखि चवन्नी सडक खण्डमा अध्यक्ष अाफैले ग्रावेल हाल्दैछन तर त्यहा कति हो लागत कसैलाई पनि थाहा छैन किनकि लागत स्टमेट पनि छैन् र कुनै सूचनै नगरि काम गर्न थालेकाले अहिले काम रोकिएको छ १० दिन भन्दा बढी भईसक्यो ग्रावेल हालेर फिजाउने काम नभई दिदा सडक दुर्घटना बढेको छ । नियमानुसार मर्मत कार्य भहेको क्षेत्रमा सावधानी पाटी, योजना, लागत र निमार्ण गर्ने कम्पनी वा उपभोक्ता के हो सबै खुलेको बोर्ड लगाउनु पर्छ तर त्यो लगाए खान नपाईने भएकोले सूचनाबाट सबैलाई बन्चित पार्न खोजेको छ ।

उक्त सडकमा अहिले हिन्ने अवस्था नहुदा दैनिक ४/५ जना दुर्घटनामा पर्ने गरेको पाईन्छ त्यति हुदा समेत केही वास्ता छैन। अाज मात्र बेलडाँडीकि महिला नेत्री शान्ती नाथ अाफै दुर्घटनामा परेकी छिन् । उनको पछाडी बसेकी लक्ष्मी जोशीको खुट्टामा चोट लागेको छ भने मोटर साईकलमा क्षति समेत पुगेको छ । यस्ता अवैध तरिकाका सबै कार्य रोक्न अनुरोध गरिएको छ ।

यस्तै अस्तिमात्र एकै दिन ४,५ बैठकको निर्णण पुराना मितिमा गरेको कुरा बाहिर अाउदा साथ हामी त्यहा पुग्दा निर्णय देखाउनुस भन्दा निर्णयहरू देखाईएन किन देखाईएन भनी बुझ्दै जादा अरू सदस्यहरूको हस्ताक्षर बाकी नै थियो उनीहरूले हस्ताक्षर गरे पछि हामीलाई हेर्न सक्नु हुन्छ भन्ने वडाध्यक्षको जवाफ अायो । वडा सदस्यहरुलाई निर्णयमा हस्ताक्षर गर भनेर दवाव दिएको तर नबुझेर म पुराना निर्णयमा हस्ताक्षर गर्दैन भन्दा उल्टै भत्ता पाइने होइन भन्दै धम्की गरेको समेत एक सदस्यले बताइन । उक्त कुरा हामी कहाँ पुग्दा हामी वडा नं.२ को कार्यालयमा पुगेर वडा कार्यालयले के के काम गरेको छ माइन्युट देखाउनुस् त भन्दा वडा सचिवलाई माइन्युट नदेखाउन निर्देशन अध्यक्षले दिइएको सचिवले बताइन ।

यसरी सूचनाको पहुचबाट हामी पत्रकारलाई समेत बन्देज गरेको छ । अन्य आम नागरिकले त सूचना पाउनु कहाँको कुरा हो कहाँको ।

उनको यस्तै शैलीले केहिदिन पहिला वडा नं.२ कै स्थानीयले बाटोमा रोकेर गाडीको चावी खोसेर जनताको काम प्रति जिम्मेवार र जवाफदेहि हुन आग्रह गरेका थिए ।   

ताजा समाचार