Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीकिरियापुत्री पत्रकार नेपालीकाे परिवारलाई समाजसेवी शाहद्धारा खाद्यान्न सहयोग

किरियापुत्री पत्रकार नेपालीकाे परिवारलाई समाजसेवी शाहद्धारा खाद्यान्न सहयोग

कञ्चनपुर, कञ्चनपुरका समाजसेवी नविन शाहले क्रियापुत्री पत्रकारलाई खाद्यान्न सहयोग गरेको छ । शनिबार भीमदत्तनगरपालिका–२ उल्टाखाम घर भएका शाहले भीमदत्तनगरपालिकका–३ नयाँ तिलकपुर घर भएका क्रियापुत्री पत्रकार कृष्ण बहादुर नेपालीको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन । समाजसेवी एवं महाकाली अस्पतालमा चमेनागृह सञ्चालन गर्दै आईरहेका समाजसेवी शाहले खाद्यान्न आर्थिक रुपमा विपन्न दलित पत्रकार नेपालीको परिवारलाई दाल, चामल, नुन, तेललगायतका खाद्यान्न सामाग्रि सहयोग गरेका छन् । आर्थिकरुपमा विपन्न दलित समुदायका पत्रकार नेपालीका बुवा रन बहादुर दमाईको ६३ बर्षक उमेरमा माघ २० गते मुटुरोगले मृत्यू भएको थियो । नेपाल पत्रकार महासंघ कञ्चनपुरका जिल्ला कार्यसमिति सदस्य समेत रहेका दलित समुदायका मुद्धा उठान गर्दै आएका पत्रकार नयाँ जनक्रान्ति नेपाली दैनिकमा कार्यरत छन ।

ताजा समाचार