बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा जनप्रतिनिधीहरुले गरेको मनमानिका विषयमा आइतवार छलफल हुने भएको छ । गाउँपालिकाले अवैध ढंगले तीन जना कर्मचारीलाई नियुक्ती दिएको विषयलाई लिएर एमाले बाहेकका दलहरु बेलडाँडीमा आन्दोलित भएका थिए ।

गत महिनाको ३० गते बेलडाँडी गाउँपालिकाका पुराना अधिकृतले नयाँ अधिकृत हाजिर भएको ४ दिन पछि नेताहरुका आफन्तहरुलाई अवैध तौरले नियुक्ती दिएको विषयलाई लिएर बेलडाँडीमा आन्दोलन शुरु भएको थियो । गाउँपालिकाले आफु खसी काम गरेको बिषयलाई लिएर चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएका थिए । सोही बमोजिम आज १ घण्टा गाउँपालिका ताला लगाउने कार्यक्रम अनुसार तालालगाउने तयारी गरेको बेला गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीलाई आज आफु काम विशेषले बाहिर रहेको र यस विषमा आइतवार ११ बजे बैठक बोलाई दिनु होला भन्ने आदेश अनुसार आन्दोलनको रुप फेरिएको थियो ।
आन्दोलित दलहरुले यतिका दिन रोकिन सक्यौ अब आइतवार १ दिनका लागि कसो नरोकिने भन्दै ताला लगाउनु आफुहरुको बाध्यता रहेको जनाए । समस्या सजिलो तरिकाले समाधान हुन्छ भने अप्ठेरो पर्नेबाटोमा आफुहरु नलाग्ने दलहरुले जनाएका छन् । यदि आलटाल गरेर अवैध नियुक्ती खारेज नगरे काडा आन्दोलन गर्ने चतावनी समेत दिदै आएका छन् ।
आइतवार हुने बैठकमा आम बेलडाँडी बासीको सहभागिताको लागि दलहरुले अपिल गरेका छन् । दलहरुले भन्दै आएका छन् की अहिलेका जनप्रतिनिधी भन्दा बेलडाँडीको चिन्ता आफुहरुलाई भएको र अहिलेका जनप्रतिनिधीहरुले गाउँपालिकाका श्रोत धानको समेत दुरुपयोग गर्दै आएको र बेलडाँडीका जनताले सहन नसक्ने निर्णय समेत गर्दै आएका छन् । केहि समय देखि विवादमा रहेका दुईवटा सहकारी संस्थालाई दिएको जमिन पनि खारेजीको माग गरेका छन् भने साना किसानलाई दिएको जमिन र बेलडाँडीबासीहरुले विरोध गर्दागर्दै बनाएको संरचनामा अव वडा नं.२ कार्यालय, या कृषि कार्यालय स्थापना गर्नुपर्नुपर्ने माग समेत गर्दै आएका छन् ।
अहिलेका जनप्रतिनिधीहरुले आफु निकटका दुईवटा सहकारीलाई मात्र जमिन उपलब्ध गराएपछि अन्य सहकारी लगायत संघ संस्था समेत आन्दोलमा उत्रिएका थिए । त्यति बेला अध्यक्षले यस विषमा तपाइहरु संग छलफल गर्ने भनेको तर छलफलै नगरी अझ विऊ बैंक स्थापनाका लागि सम्झौता सहकारी संगको साझेदारीमा १५ लाख गाउँपालिकाको र केहि संस्थाको लगानीमा भवन बनाउने निर्णय समेत गरेका छन् । आफ्नो वडा कार्यालय स्थापनाका लागि जमिनको व्यवस्था नगर्न सक्नेहरुले कस्तो कार्य गर्दाहुन आम नागरिकले सहज तरिकाले बुझेका छन् ।
