Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीलालपूर्जा दिन माग गर्दै एमाले निकट किसान महासंघलेआज चक्का जाम

लालपूर्जा दिन माग गर्दै एमाले निकट किसान महासंघलेआज चक्का जाम

कञ्चनपुर,
भूमिहीन दलित, सुकुम्बासी, र अव्यवस्थित बसोबासीलाई तत्काल लालपूर्जा दिन माग गर्दै किसान महासंघ कञ्चनपुरले आज शुक्रबार चक्काजाम गर्ने भएको छ । शुक्रबार दिउँसो १–२ बजेसम्म १ घण्टा कृष्णपुर नगरपालिकाको वाणीस्थित पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरिने महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष खेम सुवेदीले बताए । एमाले निकट किसान महासंघ कञ्चनपुरले दवावमुलक चक्का जाम गर्न लागेको हो ।

‘भूमि आयोगको काम तत्काल अगाडि बढाएर लालपूर्जा वितरण गर्नुपर्‍यो भन्ने हाम्रो माग हो, फिल्डमा प्राविधिक खटाएर जग्गा दर्ता प्रक्रिया अगाडि बढाउनुपर्‍यो,’ अध्यक्ष सुवेदीले भने । गत असोज र कात्तिकमा अविरल वर्षाले धानबालीमा गरेको क्षतिको राहत वितरण गर्न समेत महासंघले माग गरेको छ । अध्यक्ष सुवेदीले भने, ‘किसानको धनजनको क्षति भयो तर राहत पाइएन । सरकारबाट क्षतिपूर्ति पाउने त टाढाको कुरा भयो, राहत पनि पाइएन । राहत र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन महासंघ सरकारसँग माग गर्दछ ।’ किसान महासंघले ईन्धनको मुल्य बृद्धि बिरोध समेत गरेको छ ।

ताजा समाचार