Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी सहित पाँच पालिकासंग राष्ट्रियभुमि समस्या समाधानकालागि सम्झौता

बेलडाँडी सहित पाँच पालिकासंग राष्ट्रियभुमि समस्या समाधानकालागि सम्झौता

बेलडाँडी,
बेलडाँडी गाउँपालिका सहित पाँच पालिकासंग भुमि समस्या सामाधनका लागि राष्ट्रिय भुमि अायाेगकाे सहकार्य पत्रमा सम्झौता भएकाे छ ।

यस अघि अाधा भन्दा बढि कार्य गरिसकेपछि विचमा अायाेग विगठन हुदा राेकिएकाे काम शुरू गर्न भुमि अायाेगका विज्ञ सदस्य र कञ्चनपुरका ५ वटा स्थानिय तहका प्रमुख विच विहिवार महेन्द्रनगरमा सहकार्य सहमती पत्रमा हस्ताक्षर भएकाे राष्ट्रिय भुमि समस्या सामाधान कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले जानकारी दिनु भयाे ।

सम्झौता हुनेमा बेलडाँडी गाउपालिका, भिमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिका, पुर्वास नगरपालिका र लालझाँडी गाउपालिका विच अव्यवस्थित, सुकुम्बासी र भुमिहिनलाई जग्गाधनी प्रमाण पुर्जादिने कार्य अगाडि बढाउने कार्यकाे लागि सम्झाैता भएकाे भुमि अायाेग कञ्चनपुरका अध्यक्ष ढुंगानाले बताउनु भयाे ।

सम्झाैता पत्रमा हस्तार कार्यक्रममा अायाेगका विज्ञ सदस्य टेक बहादुर शाह, जिल्ला अध्यक्ष देवेन्द्र ढुंगाना र ५ वटै पालिकाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतकाे सहभागिता रहेकाे थियाे ।

बेलडाँडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले भुमि अायाेगले यस अघि धेरै काम सकेकाे बताउदै नापचाँच गरि जग्गा धनी प्रमाण पुर्जा दिने कार्यमा काम अघि बढाईने बताउनु भयाे । भुमि समस्या समाधानका लागि काम अघि बढने भएपछि जनतामा जमिनका मालिक बन्ने बर्षाेकाे सपना पूरा हुने अाशा पलाएकाे छ ।

ताजा समाचार