Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिकाको एक पछि अर्को फण्डा, विवादित सहकारीलाई फेरी जमिन र १५...

बेलडाँडी गाउँपालिकाको एक पछि अर्को फण्डा, विवादित सहकारीलाई फेरी जमिन र १५ लाख दिने निर्णय

बेलडाँडी,
बेलडाँडी गाउँपालिका ज्यादती तरिकाले एक पछि अर्को दादागिरी शैलीमा निर्णय गर्दै हिडेको छ । विवादित सहकारीलाई जमिन र १५ लाख दिने निर्णय गरेको छ ।

अस्ती १७ गते बसेको कार्यपालिकाको बैठकले केहि समय पहिला गाउँपालिकाले आफ्नो मनपरी तरिकाले दुई वटा मुनाफा मुखी आफु निकट सहकारीहरुलाई अफिस र अर्कोलाई विऊ बैकं स्थापना गर्नका लागि जमिन उपलब्ध गराएको थियो । त्यति बेला बेलडाँडी गाउँपालिकाका स्थानीय वासिन्दा र स्थानीय सहकारी, संघ संस्थाले विरोध गरेका थिए । विरोध गरेपछि काम रोकेको गाउँपालिकाले घटना सेलाउदै जादा फेरी आफु संगको साझेदारीमा विऊ बैंक स्थापनाको नाममा सम्झौता बहुउद्देश्यीय सहकारी संस्था कलकत्तालाई १५ लाख दिने निर्णय गरेको छ ।

आफ्नो वडा कार्यालय स्थापना गर्नका लागि जमिन छुट्याउन नसक्ने जनप्रतिनिधीहरुले फेरी यस्तो घिनलाग्दो काम गरेको छन् । सहकारीलाई जमिन दिन सक्ने कार्यपालिकाले वडा नं.२ कार्यालयको लागि जमिन उपलब्ध गराउन सकेको छैन् । वडा नं.२ अहिले गाउँपालिकाको भवनबाट आफ्ना सेवाहरु विस्तार गर्दै आएको छ । वडा अध्यक्षलाई आफ्ना मान्छेलाई जागिर खुवाउनमै ठिक्क छ । बेलडाँडी गाउँपालिलकामा मुनाफा रहित कम गर्ने संस्थाहरुलाई पाखा लगाउदै दादागिरी शैलिमा आफु निकटका संस्थालाई भवनका लागि जमिन देखि पैसा समेत दिने गरेका छन् ।

बेलडाँडीको ७२ विगाहा (ग्रीन बेल्ड) क्षेत्र भित्रको जग्गालाई आफु निकट दुईवटा सहकारी संस्थाको भवन निर्माणका लागि भन्दै प्रक्रिया मिचेर स्थानिय सरकारले मनपरी ढंगले जग्गा वितरण गरेको भन्दै त्यतिबेला बेलडाँडीका स्थानीयले विरोध गदै गाउपालिकालाई ज्ञापन पत्र समेत बुझाएका थिए।

गाउँपालिकाले विना कुनै प्रकृया साना किसान सहकारी संस्था लिमिटेड र सम्झौता बहुउद्देयीय सहकारी संस्थालाई भवन निर्माणका लागि भन्दै गाउँ कार्यपालिकामा निर्णय गरी प्रक्रियानै नपुर्याई सहकारी संस्थालाई जग्गा वितरण गरेको भन्दै स्थानियले विरोध गदै साना किसान सहकारी संस्थाले बनाएको भवन माथि तोडफोड समेत गरेका थिए।

त्यतिबेला १२ वटा कृषक समुहले कृषि भवनका लागि छुट्याएको जग्गालाई सम्झौता बहुउद्देयीय सहकारी संस्थालाई वितरण गरेको भन्दै गाउँपालिका अध्यक्षलाई त्यस्तो कार्य नगर्न र गाउँपालिकाले गरेको गलत निर्णय सच्याई सरकारी जग्गा माथिको अतिक्रमणलाई रोक्न भन्दै ज्ञापन पत्र समेत बुझाएका थिए । त्यति बेला १२ वटा कृषि समुहका तर्फबाट महिला समाजसेबी नेत्री शान्ति नाथले गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

त्यति बेला ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष थापा क्षेत्रीले सो बारेमा आफुले सच्याउनेबारेमा सोच्ने कुरा राखेको तर सच्याउनको साटो उल्टै १५ लाख समेत दिने निर्णय गरेका छन् ।

त्यतिबेला ज्ञापन पत्र बुझाउदै नाथले भनेका थिए “यहाँ बेलडाँडीमा दुई वटा सहकारी मात्र नभई अन्य पनी भएकाले यदि वितरण गर्ने भए सबैलाई सामान रुपमा दिनु पर्यो हैन भने किन कसैलाई दिने कसैलाई नदिने भन्दै न्यायको पक्षमा आन्दोलन समेत गर्दा उनी माथी तोडफोटको आरोप लगाएका थिए ।

पछिल्लो समय ७२ विगाह क्षेत्रमा बाचेको केहि जग्गा जसले पायो त्यसैले अतिक्रमण गदै आएका छन् भने धेरै जसोमा मुक्त कमैया, र सुकुम्बासी बसेका छन् । अगाडि र पछाडी बेलडाँडी बजार र चवन्नी बजार विस्तार भएका छन् । ७२ विगाहा मध्ये बाचेको गाउँपालिका कार्यालय नजिकको जग्गा सबै जसो अतिक्रमणको चपेटामा छ, भने बसपार्कको लागि राखिएको मात्र बाकि रहेको दखिन्छ ।

ताजा समाचार