Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीहाम्रो भोजनालयमा खाना खाँदा मोबाईल उपहार

हाम्रो भोजनालयमा खाना खाँदा मोबाईल उपहार

कञ्चनपुर,
कञ्चनपुरको महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयमा होटलमा खाना खादा मोबाईल उपहार राखिएको छ । सस्तो तथा गुणस्तरिय खाना पाईने होटल भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको हाम्रो भोजनालय होटलमा खाना खाँदा मोबाईल उपहार राखिएको हो । हाम्रो भोजनालयका संचालक चक्र्र प्रशाद मिश्रले चिसो मौषममा ग्राहकको उत्साहका लागि मोबाईल उपहार राखिएको बताए । उनका अनुसार माघ १४ देखि फागुन २० गतेसम्म मोवाईल उपहार स्किम राखिएको बताए । ‘खाना खाएका ग्राहकको रजिष्ट्ररमा नम्बर र मोबाईल नम्बर दर्ता गरिन्छ, ‘उनले भने, ‘एक महिनासम्म खाएको खाना नम्बर मार्फत चिट्टा खोल्छौँ ।’ प्रथम, द्वितिय र तृतिय गरि तीन मोबाईल स्किममा राखिएका छन । प्रथम र द्वितियलाई स्यामसुम ए१२ र एजिसो ३४ र तृतिका लागि नोकियाको सि१ मोबाईल राखिएको छ । आगामी फागुन २० गते चिट्टा उपहार खोलिने छ । तीनै मोबाईल स्क्र्रीन टच हुन । यस अघि पनि हाम्रो भोजनालयले सुनको सिक्कादेखि विभिन्न उपहार कार्यक्रम ल्याउँदै आएको थियो ।

ताजा समाचार