Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा अबैध ढंगले नियुक्ती गरेका कर्मचारी खारेजीको मागगर्दै एमाले बाहेकका दलहरुको सयुक्त...

बेलडाँडीमा अबैध ढंगले नियुक्ती गरेका कर्मचारी खारेजीको मागगर्दै एमाले बाहेकका दलहरुको सयुक्त प्रेस विज्ञप्ती, खारेज नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा कुनै सूचना नगरी नियुक्ती गरिएका कर्मचारीको नियुक्ती खारेजीको माग गर्दै बेलडाँडी गाउँपालिकामा एमाले बाहेकका दलहरुले सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै २ दिन भित्र खारेजीको माग गर्दै खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई विज्ञप्ती बुझाउदै यसै २० गते भित्र खारेज गर्न माग गरेका छन् । नेपाली कांग्रेस बेलडाँडीका उपसभापती टिका सिह खडका, नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्मर बहादुर शाह र नेकपा एकृकीत समाजवादी बेलडाँडीका अध्यक्ष गगन बहादुर थापाले सयुक्त रुपमा हास्ताक्षर गरेको विज्ञप्ती गाउँपालिकाका अध्यक्ष थापालाई बुझाउदै २० गते भित्र गैरकानुनी तवरले नियुक्ती गरिएकाहरुलाई खारेज नगरे कडा आन्दालनकामा उत्रिने बिज्ञप्तीमा उल्लेख गरेको छ ।


उहाँहरुका अनुसार बेलडाँडी गाउँपालिकालाई कर्मचारी आवश्यकता भएकै भए प्रक्रियागत तरिकाले कर्मचारी भर्ना आवहान गर्नुपर्ने बताउदै तुरुन्त खारेज नगरे यस बाट हुने क्षति सबै गाउँपालिकाले बेर्होनु पर्ने समेत उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझेका अध्यक्षले पत्रलाई पत्र बक्समा थन्क्याउदै भाग्न थाले पनि उनलाई रोकेर अवैध कार्य तुरुन्तक खारेज गर्न दववा दिएका थिए । पत्र बुझिसके पछि मानविय संस्कारले समेत धन्यवाद वा केहिन केहि बोल्नु पर्ने ठाउँमा कुनै केहि नबोली भिड बाट भाग्न समेत देर गरेनन् । भागेकै ठाउँमा सबै पुगरेर कहिले यो कुरा सम्वोधन हुन्छ भनि सोध्दा बल्ल खारेज गर्छ भन्ने आशवासन दिएका थिए ।


यसरी कहिले कार्यालय नआएर आफ्नो जिम्मेवारी बाट पन्छिने कहिले पत्रकार बाट भाग्ने त कहिले ज्ञापन पत्र बुझाउनेहरुबाट भाग्नुले बेइमानी भएको निश्चित ठहर गरिन्छ । हिजो पनि कार्यपालिकाको बैठक सकिदा अध्यक्ष ज्यू के भयो विवादी कुरा समाधान भयो की नाइ भनि सोध्दा म मिडियामा बोल्दैन भन्दै पन्छिएका थिए ।

यस विषयमा गाउँपालिकाकी उपाध्यक्ष कमला देबी कार्कीले भनिन विभिन्न कालखण्डमा अवैध रुपमा भएका सबै नियुक्तीहरु खारेज हुनुपर्ने बताउदै यसमा सहयोग गर्नुस म पनि लाग्छु भन्नु भयो ।

हिजो बसेको कार्यपालिकाको बैठकले वडा नं.२ अध्यक्ष प्रेमराज खातीका अफ्नै ज्याइलाई चौकिदार, एमालेका जिल्ला सदस्य विर बहादुर बिष्टका भतिजालाई सुपरवेक्षकका रुपमा कायमै गर्ने र रौतेली स्वास्थ्य चौकीमा अहेव पदमा नियुक्ती गरिएकी महिला त्यसैमाथी जनजाती महिला सुनिता रानालाई खारेज गर्ने निर्णय समेत गरका थिए । 

ताजा समाचार