बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.१ बस्ने लक्ष्मण सिह धामीको घरमा आज विहान विद्युत सर्ट हुदा आगलागी भएको छ ।
उनका छोरा भुपेन्द्र धामीको शैक्षिक डकोमेन्ट, उनका श्रीमती गोमती धामीको समेत नागरिकता, लुगा कपडा लगायत धनजनको क्षति भएको पिडित धामीले जानकारी गराए ।

यति बेला वडा नं.१ का अध्यक्ष अम्मर बहादुर खत्रीको टोली घटना स्थल पुगेर पिडितलाई सान्तोना दिने कार्य भइरहेको छ । प्रहरी समेत घटना स्थल पुगेको जनाइएको छ ।
