Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा अबैध, दादागिरी शैलीले राखिएका जनप्रतिनिधी र नेताका आफन्तलाई नियुक्ती कायमै जनजाती...

बेलडाँडीमा अबैध, दादागिरी शैलीले राखिएका जनप्रतिनिधी र नेताका आफन्तलाई नियुक्ती कायमै जनजाती महिलाको नियुक्ती खारेज

बेलडाँडी,
बेलडाँडीमा केहिदिन पहिला अवैध रुपले राखेका तीन जना कर्मचारी मध्ये जनप्रतिनिधी र नेताका आफन्त दुई जनालाई राख्दै एक जना महिला जनजातीलाई कार्यपालिकाको आज बसेको बैठकले हटाउने निर्णय गरेको छ ।

पुराना अधिकृत गणेश दत्त भट्टले नयाँ अधिकृतको बेलडाँडीमा हाजिर पश्च्यात बिना कुनै आवश्यकता तीन,तीन जना कर्मचारीलाई दैनिक ज्यालादारी भन्दै ६ महिना सम्मका लागि नियुक्ती दिएका थिए । ती मध्ये सुनिता रानाको नियुक्तीलाई आज कार्यपालिकामा एमाले पक्षका अध्यक्ष, उपाध्यक्ष, २ नं.का वडा अध्यक्ष, १ नं.की महिला सदस्यहरु लगायत बहुमतले रानालाई मात्र खारेज गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष अम्मर बहादुर खत्रीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार हामीले सबैलाई खारेज गरम गाउँपालिकाले अहिले कर्मचारी व्यवस्थापन गर्न सक्ने हैसियत छैन् भन्दा अव बन्ने स्वास्थ्यको भवन निर्माणका लागि हुने ठेक्काबाट बचेको पैसाले तलब खुवाउने भन्ने गरी एक्लौटी तरिकाले सहमती गरेको बताए ।

यस विषयमा आफ्ना धारण राखिदिन गाउँपालिका प्रमुख अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई सोध्दा आफुले मिडिया नबोल्ने भन्दै आलटाल गर्नु भयो । यस्तो जिम्मेवार व्याक्तिले चौतर्फी अवैध तरिकाले राखेका कर्मचारीको विषयमा मुख नखोल्नुले सत प्रतिशत बेइमानी भएको ठहर गरिन्छ ।

यस्तै बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले भने मैले पुरा अध्ययन गर्न पाएको छैन् । यस विषयमा थप अध्ययन गरेर खारेज हुने भए खारेज गर्ने बताए ।

वडा नं.३ का अध्यक्ष दुर्गा प्रसाद चौधरीले भने उनीहरुले कार्यपालिकाको निर्णय अनुसार तीन जनालाई नियुक्ती गरिएको बताउदै आएकाले आफुले यस विषयमा खासै नबुझेको तर नेताका आसेपासे भए तुरुन्त खारेज हुनुपर्ने धारण व्यक्त गरे ।

वडा नं.२ अध्यक्ष प्रेमराज खातीका अफ्नै ज्याइ निरज कठायतलाई चौकिदार, एमालेका जिल्ला सदस्य विर बहादुर बिष्टका भतिजालाई सुपरवेक्षकका रुपमा दादागिरी शैलिमा नियुक्ती कायमै गर्ने र रौतेली स्वास्थ्य चौकीमा अहेव पदमा नियुक्ती गरिएकी महिला त्यसैमाथी जनजाती महिला सुनिता रानालाई खारेज गर्ने निर्णय भएको जनाए ।

पुराना अधिकृत गणेश दत्त भट्टले अध्यक्षको मुख तोड्न नसकेकाले नियुक्ती दिएको बताएका छन् । उहाँले भने मैले नयाँ हाकिकबाट नियुक्ती गराउनु होला भने तर मान्दै मानेनन् तपाई नै गरेर जानुस भनेकाले मैले बाध्य भएर नियुक्ती गरेर आएको हुँ भन्ने स्वीकार गरेका छन् ।

ताजा समाचार